विपि स्मृति दिवसमा जनकपुरधाममा ६१ जनाले गरे रक्तदान

जनकपुरधाम । नेपाली कांग्रेस, धनुषा जिल्ला कार्यसमितिले विपि स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । मंगलबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छ्न् ।

नेपाली कांग्रेस जिल्ला सहसचिव एवम् सञ्चार विभागका प्रमुख विजय यादवको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, नेपाल विद्यार्थी (नेवि) संघलगायत पार्टीका विभिन्न शुभेच्छुक तथा भातृ संगठनका प्रतिनिधिहरु सहभागी थिए ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहभागीहरुले उत्साहजनक सहभागीता जनाएको कार्यक्रम संयोजक विजय यादवले जानकारी दिए ।
पार्टीका जिल्ला सभापति योगेन्द्र पजियार, नेताहरु विजय यादव, संजय यादव, रंजित राय, रामनारायण यादव, गणेश कामत, गुड्डु यादव, राजलाल महतो, बसन्त यादव, अजय नायक, सतेन्द्र चोरबार यादव, संजीव नायक, नन्दनी नायक, निलम यादव, रंजीत खड्का, सुरज यादव, सुरेश ठाकुर, अरुणप्रसाद मण्डल, रामनरेश सिंह, विवेक यादव, उमेश सिंह, देवु यादव, गुलाम धुनियाँ, सुधिर गोइत, शुभम यादव, आशिष राय, जितेन्द्र राय, देवेन्द्र भरखेर, अशोक यादव, रामविलास धनकार, जयप्रकाश रजक र सुनिता सिंहलगायतले रक्तदान गरेको संयोजक विजय यादवले जानकारी दिए ।

बिज्ञापन