जनकपुरधाममा ‘यंङ्ग मधेशी फाईटर’ को उद्घाटन

जनकपुरधाम । जनकपुरधामको मशाला कटेजमा यंङ्ग मधेशी फाईटर (Young Madhesi Fighter) नामक गैर सरकारी संस्थाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

युवा पीढिलाई एक ढिक्का गरी समाज परिवर्तन गर्ने उद्देश्यका साथ संस्थापक आयुष अरगरियाले उक्त संस्थामा सम्पूर्ण स्वतन्त्र युवाहरुलाई जुट्न आग्रह गरे । उनले यस संस्थाको मुख्य उद्देश्य बल्ड डोनेसन, फुड डोनेसन, शिक्षामा सुधार, स्वास्थ्य क्षेत्रको सुधार, सरसफाईलगायत सामाजिक कार्ययहरुलाई निःस्वार्थ भावनाले अगाडि बढाउनु रहेको जानकारी दिए ।

बिज्ञापन

संस्थापक अरगरियाले समाजमा विद्धमान समस्याहरुप्रति आवाज उठाउन र त्यसको समाधान नभएसम्म सरकारलाई घचघचाउने काम गर्ने उद्देश्यका साथ यस संस्थाको जन्म भएको बताए । उनले जेनजी पुस्तासहित स्वतन्त्र भावनाले आवद्ध हुन चाहने जोसुकै पनि यस संस्थामा आवद्ध भएर समाज परिवर्तन र विकासमा योगदान गर्न सक्ने उल्लेख गरे ।

उनले मधेश बनाउन हरेक घरबाट उठ्न जरुरी रहेको बताउँदै सामाजिक कार्यका लागि सबै जनालाई उठ्न आग्रहसमेत गरे । उनले यस संस्थामा वडा स्तरदेखि प्रदेश स्तरसम्म कार्यक्रम गरी हरेक तहका व्यक्ति तथा युवाहरुलाई आवद्ध हुन अभियान चलाउने बताए ।

उद्घाटन कार्यक्रममा जनकपुरधामका चर्चित युवा आनन्द ठाकुर, प्रशान्त झा, कुश यादव, निशान्त यादव, किसन साह, अमनराज यादव, विपिन यादव, रोहित सिंहलगायत सयौं युवाहरुको उपस्थिती रहेको थियो ।