विपिन यादव
जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल ८ नं. गण धनुषाको टोलीले बुधबार धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित ईट्टाभाट्टाको खाली धरमा लुकाइराखेको अवैध काजु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ८ नं. गण धनुषा जनकपुरबाट डिएसपी दिनेश शर्माको कमाण्डमा १५ जनाको टोलीले लक्ष्मीनिया गाउँपालिका–७ स्थित ईट्टाभाट्टाको खाली धरमा लुकाइराखेको अवैध काजु बरामद गरेको हो ।
सशस्त्रले बरामद गरेको अवैध काजु अन्दाजी १३ लाख २० हजार रुपैयाँ बराबरको रहेको छ । सशस्त्र प्रहरी बल नेपाल ८ नं. गणका गणपति एसपी निर्मल खड्का अनुसार अवैध काजु १३ क्विन्टल २० किलो बरामद भएको छ । बरामद अवैध काजु आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।