2024-05-06

Close

जनकपुरधाम । मेलामा आफूहरुले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ ।

धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो ।

शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर ज्यान मार्ने प्रयास गरेको धनुषा प्रहरीले जनाएको छ ।

डिजेल लिएर फर्किरहेका आयोजक समितिका तीनजना युवाहरूलाई कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बीचमा टाउको, आँखा तथा अनुहारमा निर्घात कुटपीट गरि घाइते बनाइएको छ । निर्घात कुटपीटबाट घाइते हुनेहरुमा मेला आयोजक समितिको तर्फबाट रहेका सिरहाका रबिन्द्र राम, सिरहा थलहाकै दिपेन्द्र यादव र कमला नगरपालिका वडा नं. ३ लगमाका लभ कुमार महरा रहेका छन् । उनीहरूलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरिएको घाइतेहरुले बताएका छन् ।

घाइते तीनै जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । आक्रमणमा परेकाहरुको मामा राम पुकार महराको घरमा मेला महोत्सवको व्यवस्थापनमा खटेका थिए । उनीहरुको साथबाट आक्रमणकारीहरुले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकल सहित उनीहरूको साथमा रहेका दुई थान मोबाइल, २५ हजार रुपैया नगद लगायतका सामान लुटेर भागेको घाइतेहरुले बताएका छन् ।

कृष्णाष्ठमी मेलामा आरकेष्ट्रा नचाउने कुरा भएपनि आरकेष्ट्रा ननचाएको भन्दै लगमाका केही युवाहरुसँग नाच कार्यक्रमको बेला नै भनाभन भएको थियो । रातिमा नाच गराउनको लागि विद्युत कटन सक्ने भन्दै जेनेरेटरको लागि डिजेल ल्याउन जाँदा उनीहरुलाई ती युवाहरूलाई पिछा गरेको घाइतेहरुले बताए ।

सुरुमा लगमा बजारस्थित रहेको पेट्रोल पम्पमा डिजेल ल्याउन जाँदा त्यहाँ नभेटेपछि कमला नगरपालिका-६ मडानस्थित रहेको पेट्रोल पम्पबाट डिजेल लिएर मंगराहातर्फ जाँदै गर्दा मंगराहा र नरहाकोबीचमा रोकेर ज्यान मार्ने प्रयास गरिएको हो ।

घाइते लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादवको छोरा अन्दाजी १८ वर्षको बिजय यादव सहित ५–६  जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छन् । उनीहरुसँग साँझ भनाभन भएको थियो ।

तीनै जनालाई फाईटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ । टाउकोमा गम्भिर चोट लागेको एक जनाको अवस्था गम्भिर रहेको छ । ईलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ । घटनामा तीन जना फरार रहेको बताईएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds