धनुषामा सीमावासीसँग सशस्त्र प्रहरीको अन्तर्किया कार्यक्रम सम्पन्न

विपिन यादव
जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले, धनुषाका सीमावासीसँग सीमामा देखिएका समस्याहरूबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार जटहीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषामा भारतसँग सीमा जोडिएको पालिका प्रमुख, वडाध्यक्ष र नागरिकसँग सीमा समस्याबारे अन्तर्क्रिया कार्यक्रम गरेको हो ।

बिज्ञापन

“सीमावासीसँग सशस्त्र प्रहरीको कार्यक्रम” नाराका साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाले आयोजना गरेको अन्तर्क्रियामा सरोकारवालाहरूले सीमास्तम्भको निर्माण र बन्द रहेका छोटी भन्सार सञ्चालनमा ल्याउन माग गर्नुभएको छ ।

विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले खेतमा मलखाद्य नेपालमा पर्याप्त उपलब्ध नहुने व्यावहारिक  रुपमा सहजिकरण गरिदिनका साथै स-सानो मात्रामा भित्रिने सामान भन्दा ठूलो मात्रामा हुने चोरी तस्करी नियण्त्रण गर्नुपर्ने कुरामा जोड दिनुभयो । नेपाल सरकार दिदैन भारतबाट मलखाद्य लाउँदा समात्ने, सीमाक्षेत्रमा रहेका विदेह नगरपालिकामा उखु खेती छैन चिनी कहाँबाट लाउनु भारतबाट लाउँदा खेरी समात्ने, भारतबाट युवाहरु बराउन सुगर लाउँदा भारत सरकारले केही गरेको छैन, गरिब मान्छेले खानेकुर लाउँदा सहजिकरण हुनुपर्ने बताउँदै थोरै चिनी, केही साडी घरमा लग्दा व्यापारीको रुपमा हेरिनु नहुने बताउनुभयो ।

धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले सीमाक्षेत्रका सबै भन्सार सञ्चालनमा ल्याइए राजस्वमा वृद्धि हुने र तस्करी नियन्त्रणमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुखियापट्टि मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवले सीमाक्षेत्रमा हराएका सीमास्तम्भहरू अविलम्ब निर्माण गर्नुपर्नेमा र गाउँघर विवाद हुँदा सशस्त्र प्रहरी थप योगदान पुर्याउछ, खुला बोर्डर हुदा भएको कारणले सशस्त्र प्रहरीको चुनौती गाँजा तस्कर देखि बराउन सुगर लिएर अबैध हातहतियार समेतको बन्दै छ । हाम्रो आउने भबिस्यको लिएर चिन्ता यो कुरा राख्न पाउदा लागुऔषध रोकथाममा जोड दिनुभयो ।

नगराईन नगरपालिकाका नगर प्रमुख विनय यादवले जटही क्षेत्रमा लागु औषध रोकथाम गर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले सीमाक्षेत्रमा देखिएका दुई देशबिच उत्पन्न हुने समस्या, लागुऔषधको कारोबार लगायतका समस्याहरू राख्दै बारे समाधान गर्न माग गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूबाट जिज्ञासाको जवाफ दिनुहुँदै प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बमले हराएका सीमास्तम्भ दुबै देशको सहभागिता निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँ सीमाक्षेत्रको समस्याबारे मधेश प्रदेशका आठवटै जिल्लाका सीमावासीसँग अन्तर्क्रिया गर्ने योजना अनुसार सप्तरीमा कार्यक्रम गरिएको बताउनुहुँदै आएको सुझाव ग्रहण गर्दै समस्याको समाधान गरिने धारणा राख्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाका गणपति प्रहरी उपरीक्षक निर्मल खड्काले स्वागत मन्तव्य राख्दै नेपाल भारत सीमाक्षेत्रको अवस्थाबारे जानकारी गराउनुभयो । कार्यक्रममा वडाअध्यक्ष संजय पाण्डे, वडा अध्यक्ष दिलिप यादव, महिनाथपुर गुल्मपति नायव उपरीक्षक सीताराम पौडेल, जटही गुल्मपति नायव उपरीक्षक तेजराज शर्मा, सञ्चारकर्मी मुकेश ठाकुर, विपिन यादव, आयुव हुसेन, बैजनाथ साह, समाजसेवी, बुद्धिजिविलगायतको उपस्थिति थियो ।