मेयरमा चुनाव लड्न मन्त्री यादव र सांसद आजादले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले सांसद पदबाट राजीनामा दिएका छन् ।

मन्त्री यादवले राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

बिज्ञापन

नेकपा एमालेबाट सिरहाको क्षेत्र नम्बर ३ (ख)बाट यादव प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

यता, मन्त्री यादवले राजीनामा स्वीकृत गर्न केही कागजात बुझाएको र केहि बुझाउन बाँकी रहेको बताए । उनले भने, ‘मन्त्री र सांसदबाट एकै पटक राजीनामा दिन्छौँ ।’

यादव नेकपा एकीकृत समाजवादीबाट सिरहा नगरपालिकाको मेयरमा मेयरमा चुनाव लड्न राजीनामा बुझाएका छन् ।

यस्तै रौतहटको क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद शेख अबुल कलाम आजादले पनि राजीनामा दिएका छन् ।

स्वतन्त्रबाट सांसदमा निर्वाचित आजाद अहिले जनता समाजवादी पार्टी (जसपा )मा छन् । गढीमाई नगरपालिकाको मेयरमा चुनाव लड्न सांसद पद त्यागेका हुन् ।