
जनकपुरधाम । गत फागुन २१ गते सम्पन्न आसन्न प्रतिनीधिसभा निर्वाचनको लागि अहोरात्र खटेका समानुपाति तर्फका उम्मेदवार देवनारायण मण्डल र जुली कुमारी यादव राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचिमा अटाएनन् ।
धनुषा जिल्लाको चारै क्षेत्रमा घुमेर बालेनको लागि घण्टीमा भोंट मागेका धनुषा निर्वाचन क्षेत्र नं. १ का देवनारायण मण्डल र धनुषा कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने जुली कुमारी यादव रास्वपाको समानुपाति सूचिमा अटाएनन् ।




मधेशबाट १३ लाख बढी समानुपातिक मत प्राप्त गरेको रास्वपाले देवनारायण मण्डललाई पाखा लगाएपछि उनले ३० प्रतिशत समय पार्टीले खोजेको बेला समय दिने बताएका छन् । मिथिलाबिहारी २ र ३ को बीचमा रहेको कल्चरल भिलेजका सँचालक समेत रहेका मण्डलले फेसबुकमा एक स्टेटस लेख्दै पार्टीलाई ३० प्रतिशत र बाँकी आफ्नै बिजनेशलाई समय दिने उल्लेख गरेका छन् । उनले पार्टीप्रति आन्तरिक रिस पोखेको टिप्पणी गरिएको छ ।

यस्तै, जुली कुमारी यादवले समानुपातिक सूचिमा अटाउन काठमाडौं धाएपनि रास्वपाले उनलाई समानुपातिकमा अटाउन चाहेनन् । चुनावमा तामझाम गरेकी जुलीलाई रास्वपाले समानुपातिकमा नपत्याएपछि उनी निरास देखिएकी छन् ।
समानुपातिक सूचिमा पर्ने भनेर गाउँबाट काठमाडौं गएकी जुलीले निकै मिहिनेत गरेपनि अटाइनन् । समानुपातिकको अन्तिम सूचिसम्म उनले फेसबुकमा एउटा भिडियो पोष्ट गरिन् जसमा उनले आफ्नो नाम सिफारिस भएको भनेर भाव झल्किन्छन् । उनलाई उनका समर्थकहरुले फेसबुकमा बधाई पनि दिएका छन् । केही बेरपछि उनको नाम नआएपछि हतास भएकी जुलीले यसपाली नभएको र अब प्रत्यक्षमै आउने भनेर स्टेटस लेखेकी छन् ।
देवनारायणले समाजिक क्षेत्रमा पर्यावरण अभियानीको रुपमा पहिचान बनाएका व्यक्ति हुन् भने जुली कुमारी यादव MBA केही समय मोडलिँग (मोडेल) क्षेत्रबाट सिधा रास्वपाको समानुपातिक सूचिमा मधेशी महिला तर्फ ८ नम्बरमा नाम रहेकी उम्मेदवार चुनिइन् । [उनको फेसबुकबाट]