2024-05-14

Close

 

जनकपुरधाम, भदौ १ गते ।

समाजावादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले आफ्नो राजीनामा फिर्ता लिएका छन् । स्वास्थ्यको कारण देखाउँदै गत साउन २७ गते आफ्नो सांसद पदबाट राजीनामा दिएका यादवले आफ्नो राजीनामा फिर्ता लिन सहमत भएको प्रमुख सचेतक सांसद उमाशंकर अरगरियसले बताए ।

 

आज बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकमा भएको छलफलअनुसार उनले दिएको राजीनामा फिर्ता लिएको सहमति जनाएको बताइएको छ । सप्तरी १ बाट चुनाव जितेका यादव आफू अस्वस्थ्य भएको भन्दै राजीनामा दिएपनि उनी पार्टीको क्रियाकलापबाट असन्तुष्ट भएर राजिनामा दिएका थिए ।

 

उनी सांसदमा जितेपनि उनको केही भूमिका थिएन । न पार्टीमा भूमिका थियो न संसदमा कुनै भूमिका थियो । यसैबाट असन्तुष्ट भएर उनले राजीनामा दिएको पार्टी स्रोतले जनाएको छ । राजीनामा दिएपछि पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले सांसद यादवसँग कुरा गरेका थिए । दुईजनाले कुराकानी गरेपछि उनी राजीनमा फिर्ता लिन तयार भएको बताइएको छ ।

 

त्यसैले नागरिकता विधेयकको विषयमा समाजवादी पार्टीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग छलफल गर्ने भएको छ । साथै, नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकीकरणपछि संसदीय दल पनि समायोजन भएको जानकारी सभामुखलाई जानकारी गराउने निर्णय समेत बैठकले गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds