2024-04-24

Close

 

जनकपुरधाम, असोज २४ । मुख्यमन्त्री लालबाबु राउतले प्रहरीलाई प्रविधीयुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ ले आज जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राउतले पुरानै ढर्राले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नसकिने भएकाले आफनो स्रोत साधनले भ्याए सम्म प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।


उहाँले नयाँ नयाँ प्रविधिको विकासले अपराधीहरु पनि त्यही प्रविधिहरुले प्रयोग गरि रहेको हुनाले त्यस्ता अपराधहरु नियन्त्रणको लागी प्रहरीलाई प्रविधियुक्त बनाउनुको विकल्प नरहेको उल्लेख गर्नु भयो ।
मुलुक नयाँ संरचनामा गई सकेको अवस्थामा प्रहरीलाई समेत सोही अनुरुप आफुमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्नु हुँदै उहाँले मुस्कान सहितको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनु भयो ।


अपराध अनुसन्धानको क्रममा राजनीतिक आग्रह पूर्वाग्रहबाट जोगिन निर्देशन दिनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘ दोषी नबचुन, निर्दोष नफसुन, यस लाई आत्मसाथ गर्ने पर्दछ, कहि कतै बाट राजनीतिक दवाव आउछ भने वास्ता नगर्नुस, प्रदेश सरकार तपाईहरुको साथमा छ ।


प्राकृतिक विपदको समयमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नु हुँदै मुख्यमन्त्री राउतले जनता र प्रहरी बीचको सम्बन्धलाई त्यही अनुरुप अगाडी बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो ।


कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्ण हरी पुस्कर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


उक्त अवसरमा अमर प्रहरी स्तम्भमा पुष्पमाला अर्पण गर्नुका साथै अमर प्रहरीका परिवारजनलाई सम्मान समेत गरिएको थियो ।


कार्यक्रमको अवसरमा प्रहरीलाई शान्ति सुरक्षाको क्रममा सघाउनु हुने विशेष व्यक्तित्व एवं समाजमा विशेष योगदान गर्नु हुने व्यक्तित्वहरुलाई दोसल्ला सहित कदर पत्र समेत प्रदान गरिएको थियो । भने उत्कृष्ट प्रहरी अधिकारी एवं जवानहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds