पर्सा प्रहरीले गाडीको बर्नट भित्रवाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण व्यूरो शाखा वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंजको रंजतज्यन्ती चौकमा ना २ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडिलाई रुकी चेक जाँच गर्दे गाडीको बर्नटमा बोरा भित्र ornex ३५८ बोतल लुकाई छोपाई राखेको प्रतिबन्धित लागू औषध सहित २ युवकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो।
त्यसै गरि पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाऊपालिका वडा नम्बर १ बिसुनपुरर्वाका बर्ष २० को आयुब अंसारी र वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने बर्ष २८ को ईजाहिर आलमलाई पक्राउ गरि लागू औषध सम्बन्धि कसूर मुद्दा चलाएको पर्सा प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।