2024-04-26

Close

 

काठमाडौं, २ भदौ । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाल बहुराष्ट्रिय मुलुक भएको र सबै राष्ट्रियता जोड्ने माध्यम संघीयता भएको बताएका छन् ।
सोमबार धर्म–हिरा प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित धर्मरत्न यमीको १०४ औँ जन्म स्मृति समारोहमा अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । जंगबहादुर राणाले नेपालको राष्ट्रियतालाई जातियतामा विभाजित गर्ने काम गरेको समेत भट्टराईको भनाइ छ ।

 

‘जंगबहाुदर राणाले नेपालको राष्ट्रियतालाई जातियतामा विभाजन गर्ने काम गर्नुभयो । जसकारण अहिले मुलुक जातियतामा विभाजित भएको छ,’ भट्टराईले भने, ‘यसलाई जोडन हामीले अहिले संघीय राज्यको अभ्यास गरिरहेका छौं।’

तर संघीयता कार्यान्वयनमा केही कमजोरी देखिएको अध्यक्ष भट्टराईको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले रामको भन्दा पनि हनुमानको दोस्त बन्ने प्रवृत्ति बढेको समेत बताए । ‘उहाँले (धर्मरत्न यमी) भन्नु हुन्थ्यो दोस्त बन्नु छ भने रामको दोस्त बन्नु, हनुमानको दोस्त नबन्नु । तर यहाँ त रामको दोस्त भन्दा पनि हनुमानको दोस्त भन्ने प्रवृत्ति छ’, उनले भने ।

साथै अध्यक्ष भट्टराईले धर्मरत्न काँग्रेस, कम्युनिष्ट हुँदै पञ्चायतको नजिक हुन पुगेको पनि बताए ।  ‘उहाँ पहिले काँग्रेस हुनु भयो । काँग्रेस राष्ट्रियताको पक्षमा कमजोर देखिएपछि कम्युनिष्ट हुनुभयो । तर सरकार बन्ने गिर्ने कुरा हुन थालेपछि वाक्क दिक्क हुनुभएको कुरा उहाँको किताबमा पाइन्छ । त्यसपछि राजा महेन्द्र राष्ट्रियताका सवालमा खरो उत्र्रिनुभएको देखेर राजासँग पनि नजिक हुनुभयो,’ उनले भने, ‘उहाँको निधन हुँदा न उहाँ काँग्रेस हुनुभयो न कम्युनिष्ट हुनुभयो न पञ्चायत बन्नुभयो । उहाँ त कुनै वर्गको रहनुभएन । सबैको नजिक हुनुभयो, कसैको हुनु भएन ।’

 

अध्यक्ष भट्टराईले उनी लोकतन्त्रवादी, समाजवादी र राष्ट्रवाद हुँदा सबैसँग नजिक हुन पुगेको बताए । उनले भने, ‘नेपालको इन्द्रधनुष्य नै नेपालको राष्ट्रियता भन्ने उहाँको भनाइ थियो । हो पनि एउटा राज्यमा धेरै राष्ट्रियता हुन्छ । नेपाल बहुआयमिक राष्ट्रियता भएको राज्य हो ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds