2024-04-29

Close

रासस,
काठमाडौं । नेपाल एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार हङकङलाई हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपालले हङ्कङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेलअगावै समूह ‘ए’ बाट सेमिफाइनमा पुगेको हो।

प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

जितका लागि हङकङले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा तीन छक्का र तीन चौका प्रहार गरे। त्यसैगरी कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्काको मद्धतले ३२ रन जोडे।

कप्तान रोहित पौडेलले २० बलमा तीन चौकाको मद्धतमा अविजित २५ रन जोडे भने सन्दीप जोराले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा अविजित १९ रन बनाए। हङकङका इसान खान र यासिम मुरर्ताजले समान एक–एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सवै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनाएको थियो। हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए। उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे।

त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए। त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका अविनास बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिह ऐरीले समान दुई–दुई विकेट लिए। त्यस्तै करण केसीले एक विकेट झारे। नेपालले समूह चरणको अन्तिम खेल यही वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds