2024-03-29

Close

जनकपुरधाम, २७ साउन । धनुषाको रमदैया भवाडी स्थित जानकी मेकिडल कलेजले कागजमै विद्यार्थीहरुलाई सुविधा देखाए ठग्दै आएको आरोप रहेको छ ।

कर्मचारी, चिकित्सक लगायतको तलव भत्ता उपलब्ध नगराउने गरेको भन्दै विवादमा रहेको सो कलेजले विद्यार्थी भर्नाको बेलामा सबैलाई मिलाएर विद्यार्थीहरुलाई कागजमै सुविधा र अध्ययनको विशेषता देखाएर नामाकरण गराउने गरेको मेडिकल कलेजका जनकपुर सिटी अस्पतालमा कार्यरत एक जना कर्मचारीले आरोप लगाएका छन् ।

 

कर्मचारीले विद्यार्थी भर्नाको बेलामा कलेजले आईओएम, एनएमसी लगायतका निकायलाई रकम खुवाएर स्वीकृति लिने गरेको बताए । उनले भने ‘कलेजमा पूर्वाधारको अभाव मात्र होइन, विद्यार्थीहरुलाई पढाउने विभिन्न फैकल्टीका प्राध्यापकहरुपनि छैन ।

 

कागजमै सबै सुविधा देखाएर विद्यार्थीहरु भर्ना गरिन्छ । विद्यार्थीहरु भर्ना पश्चात् सञ्चालकहरु फरार हुन्छ ।’ उनले यस्ता रवैया कलेजका पुरानो भएपनि सम्बन्धित निकाय मौन रहेको आरोप लगाएका छन् ।

उनले कलेजमा छालारोग विशेज्ञ, घाटी,नाक, कान, अल्टासाउण्ड गर्ने, आँखा जाँच्ने चिकित्सकहरु छैन । विद्यार्थीहरुले बढी कराएमा एकदुई दिनका लागि बाहिरबाट बोलाएर कोर्ष पुरा गर्ने गर्छन । यस मेडिकल कलेजका विद्यार्थीहरु दुई चारमहिना पश्चात् आन्दोलनमा उत्रिने गरेको सर्वविदित नै रहेको बताएका छन् ।

 

मेडिकल कलेजमा अईसीयू, एनआईसी अहिलेसम्म छैन । प्रदेश २ सरकारको मुटु भएपनि प्रदेश सरकार मौन रहेको चौधरीले बताए । उनले भने, ‘कर्मचारी र चिकित्सकहरुको सैयौं वटा मुद्दाका फाइलहरु जिल्ला प्रशासन कार्यालयमा थन्किएको छ । प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म चासो लिएको छैन । विद्यार्थी कर्मचारीहरुले प्रदेश सरकारदेखि लिएर संघीय सरकारलाई पनि ध्यानाकर्षण गराएका छन् ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds