2024-04-26

Close

 

उमेश यादव | काठमाडाैं

  • २०७६ श्रावण २८ मंगलबार
    स्थायी बसोवास सर्लाही भएका राष्ट्रिय जनता पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र महतो प्रायः आफ्नो परम्परागत पोसाक धोती र कुर्तामा भेटिन्छन् । यसमा आफ्नो पहिचान झल्किने बताउने उनी औपचारिक/अनौपचारिक कार्यक्रममा त्यही पोसाकमा पुग्छन् । जाडोका केही महिनाबाहेक वर्षैभरि धोती–कुर्ता लगाउने गरेका महतोसँग गरिएको पहिरन संवाद :

 

धोती नै मेरो पहिचान
यो पोसाक लगाउँदा गर्व लाग्छ । किनकि, धोती–कुर्ता लगाउँदा आफ्नो पहिचान झल्किन्छ । भेषभुषा र संस्कृतिको संरक्षण हुनुपर्छ । म हरेक कार्यक्रममा यही पहिरनमा जान्छु । भीडमा मेरो पहिरन अलग्गै देखिन्छ । यात्रामा पनि म धोती–कुर्तामै हुन्छु । पहाडमा ब्राह्मणहरूले पूजापाठ गर्दा धोती लगाउँछन् । तर, मधेसको त यो विशेष पोसाक नै हो । थारू समुदायले पनि यही लगाउँछन् ।

 

खादीको धोती दिल्लीबाट ल्याउँछु
मैले लगाउने धोती ‘खादी’ कपडाको हो, जुन हातबाट बुनिन्छ । भारतका सबै प्रान्तका ग्रामीण उद्योगमा यस किसिमका कपडा बन्छन् । मचाहिँ दिल्ली गएका वेला ल्याउँछु । कहिलेकाहीँ दिल्ली पुगेका साथीहरूबाट पनि मगाउँछु । कहिलेकाहीँ कपडा ल्याएर नेपालमा सिलाउँछु ।

 

धोती लगाउने बानी परिसक्यो

अधिकांशले धोती लगाउन साह्रै झन्झट हुन्छ भन्छन् । मलाई भने लगाउन सहजै लाग्छ र निकै हलुका पनि हुन्छ । अब त बानी नै परिसक्यो । जाडो महिनामा अलि कम लगाउँछु । गर्मीमा भने सधैँ धोती–कुर्तामै हुन्छु । मसँग ८–१० जोर धोती–कुर्ता छन् । यसका साथमा ‘जवाहरकोट’ मेरो रोजाइमा हुन्छ ।

 

मैले लगाउने धोती ‘खादी’ कपडाको हो, जुन हातबाट बुनिन्छ । भारतका सबै प्रान्तका ग्रामीण उद्योगमा यस किसिमका कपडा बन्छन् । मचाहिँ दिल्ली गएका वेला ल्याउँछु ।

दोहोर्‍याएर लगाउन आइरन अनिवार्य
मेरो छिमेकमै ड्राइक्लिनर्स छ । धोती–कुर्ता त्यहीँ धुन दिन्छु । धुँदा अनिवार्य नीर हालिन्छ अनि सुकेपछि अनिवार्य आइरन गर्नुपर्छ । मुलायम हुने भएकाले धुन सहज छ । फैलाएर सुकाउँदा भने अलि बढी ‘स्पेस’ चाहिन्छ । धोतीमा पाइन्टमा जस्तो आइरन टिकिरहँदैन ।

 

धेरै महँगो छैन
धोती–कुर्ता धेरै महँगो होला भन्ने लाग्छ, तर होइन । एक सेटको बढीमा तीन हजार रुपैयाँसम्म पर्छ । सायद एक जोर पाइन्ट–सर्टकै दाम हो । मूल्यभन्दा पनि यसको व्यवस्थापन अलि जटिल छ ।

 

कमैले लगाउँछन्
नेपालमा धोती भन्नेबित्तिकै मधेसी र भारतीयको पोसाक भन्ने बुझिन्छ । तर, यो वस्त्रको नाम हो । यो एउटा समुदायको पहिचान झल्किने पोसाक हो । कार्यक्रमहरूमा कमैले धोती लगाएको देखेको छु । धोती लगाउँदैमा सानो भइन्छ जस्तो मान्ने पनि भेट्ने गरेको छु ।

 

पहाडमा लगाएर हिँड्न असहज
धोती पहाडी भेगमा लगाएको देखिँदैन । किनकि, पहाडमा धोती लगाएर हिँड्न अलि गाह्रो छ । उकाली–ओराली गर्दा धोतीमा अल्झिन सकिन्छ । पहाडमा जाडो हुने भएकाले पनि धोती उपयुक्तनहुन सक्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds