2024-04-25

Close

जिल्ला प्रहरी कार्यालय धनुषाबाटै थुनुवा फरार भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ ।

जनकपुरधाम । बलात्कार (जबरजस्ती करणी) मुद्दाका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएको छ ।

विहिबार दिउँसै बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएका उनले मौका छोपी फरार भएको जानकारी प्राप्त भएको छ । जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जिल्ला प्रहरीको नियन्त्रणमा रहेका सिरहाका अन्दाजी वर्ष २० का राममनी यादव फरार भएका हुन् । दिउँसो प्रहरीको रोहबरमा बयान गराउन क्राईम ब्रान्च शाखामा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्रै रहेको अपराध अनुसन्धान शाखा (क्राईम ब्रान्च) मा बयानको लागि सुरक्षासाथ लगिएको यादवले प्रहरी अधिकारी कम्प्युटरमा व्यस्त भएको मौका छोपी फरार भएको हुन सक्ने अनुमान गरिएको छ । शाखामा थुनुवाहरुको भीडभाड रहेको मौका छोपी फरार भएको बुझिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाबाटै थुनुवा फरार भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds