प्रमुख समाचार
विपिन कुमार यादव,जनकपुर २३ चैत । कोरोना भाईरसले विश्व अक्रान्त बनेको समयमा तराई मधेसमा संक्रमण नियन्त्रण गर्ने उद्देश्यले धनुषाको शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोरा टोलमा समाजवादी पार्टी धनुषाको युवा नेता स्थानीय विनोद प्रसाद रोहिता समाजवादी पार्टीका समाजसेवी नगर उपाध्यक्ष जीवन रोहिता र स.पा.पार्टी वडा अध्यक्ष जोगिन्द्र दासको नेतृत्वमा तथा टोलिको सहभागीतामा मास्क बितरणमा ब्यस्त छन ।
संघिय सरकार र स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि बिभिन्न कार्य योजना ल्याएपनि शहिदनगर नगरपालिकाका जनताहरु सम्स्या झेल्न बाध्य भएको स्थितिमा समाजवादी पार्टीको युवा नेता समाजसेवी रोहिताले जनचेतना जगाउँदै मास्क बितरण गर्दै आएका छन ।
धनुषाको शहिदनगर नगरपालिका का युवा नेता विनोद रोहिता र जोगिन्द्र दासको आयोजनामा कोरोना बाट कसरी बच्ने जनचेतना दिनमा सकृय देख्दा स्थानियहरु निकै प्रफुलित छन ।
यस्तो महामारिको घडिमा स्थानिय मेयर अर्थात नगरपालिका सकृय हुनु पर्ने हो ? यद्द्पी मेयर संघीय सरकार मुखि हुंदा अपेक्षित कार्यहरु हुन नसकेको रोहिताले सुनाए । अहिले राहत बाडने तरिका र प्रदेश सरकारले लकडाउनको समयमा भोकै कुनै जनता नमरौस भने उदेश्यका साथ अति विपन्न घरपरिवारलाई राहत दिनको लागि रकम पठाएको छ।कार्यकर्ता पालनको लागि होईन राजनीति गर्नको लागि दिएको होइन । समयमा यदि राजनीति गर्यो भने राम्रो हुदैन ।नगर प्रमुख र वडाध्यक्ष जि त्यसै भएर कुनै पनि गरिब विपन्न परिबार न छुटौस भने आशा गर्दछु ।
यूवा नेता रोहिता भन्छन- भिडभाडमा न जानु, जानै परे माक्स लगाएर जानु, नियमित रूपमा साबुन पानीले हाथ धुनुपर्छ । यस्तै खोक्दा वा हाच्छ्यु गर्दा नाक र मुख कुहिनाले ढाकाैं ।हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गराैं ।, यूवा नेता रोहिता बताउँछन।
स्थानीय सहयोगी जोगिन्द्र दास , जोगिन्द्र गोइत , सतनाम साह ,भोला तेथवार ,नजिर राइन, राकेश बिराजी लगायतका सहभागिता रहेको थियो ।