2024-04-26

Close

प्रदेश नं. २ :छोरी जन्मिदै लाखपती : मुख्यमन्त्री राउत

 

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश अन्तर्गतका आठ जिल्लामा १ माघदेखि जन्मिएका छोरीहरु जन्मिदै लखपति भएको बताएका छन् ।
लहान नगरपालिका १९ छरापट्टि गाउँमा बिहीबार साँझ जामिया बरियतुल बनात (कन्या मदर्सा– विद्यालय) को उद्घाटन गर्दै समाजमा छोरीलाई हेर्ने दृष्टिकोण बदल्न प्रदेश सरकारले छोरी जन्मिए लगत्तै लखपति बनाउने योजना कार्यान्वयन गरेको बताए ।

 

समाज परिवर्तन बिना विकास र समृद्धि सम्भव छैन, आधाभन्दा बढी हिस्सा आगटेर पनि विभेदमा परेका महिलालाई मूलधारमा नल्याए समाज फेरिंदैन’ मुख्यमन्त्री राउतले भने ‘महिलालाई समानताको हक दिलाउन प्रदेश सरकारले छोरीको बीमा, बोटी पढाऊ– बेटी बचाऊ अभियान चलाएको हो ।

 

१ माघ २०७५ देखि यता जन्मिएका पाँच हजार छोरीहरुको बीमा गरिएको चर्चा गर्दै मुख्यमन्त्री राउतले साुमदायिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरीहरुलाई चालु आर्थिक वर्ष २०७६/०७७ मा १४ हजार साइकल वितरण गर्ने योजना रहेको औंल्याए । ‘अति बिपन्न दलित मुस्लिम छात्राहरुलाई मासिक पाँच सय पढाई खर्च र आजावापत् तीय सय रुपैयाँ थप रकम दिइने योजना छ’ मुख्यमन्त्री राउतले भने ‘त्यसका अतिरिक्त प्रदेश अन्तर्गतका हरेक जिल्ला सदरमुकामममा लोक सेवा तयारी कक्षा समेत संचालन गरिने छ ।’

 

महिलालाई ५० प्रतिशत आरक्षण
प्रदेश सरकारले प्रदेश लोकसेवा विधेयक पारित भइसकेको चर्चा गर्दै मुख्यमन्त्री राउतले त्यसमा महिलालाई ५० प्रतिशत आरक्षण रहेको बताए । प्रदेश संसद्मा विचाराधीन प्रदेश प्रहरी विधेयकमा पनि महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था रहेको उल्लेख गर्दै मख्यमन्त्री राउतले भने ‘समग्रमा महिलालाई आर्थिक रुपले सक्षम र सवल बनाउन प्रदेश सरकारले विद्यालय तहदेखि नै प्रयास थालेको छ ।’
विभेद र बञ्चितीकरणमा परेका मुस्लिम र दलित समुदायका लागि विभिन्न सीपमूलक तालिम, अध्ययन र रोजगारीका लागि प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री राउतले दावी गरे ।

मुख्यमन्त्री राउतले लहान १९ छर्रापट्टि गाउँमा चन्दा सहयोगमा खरिद गरिएको सात कठ्ठा जग्गामा निर्मित कन्या मदर्साको समेत उद्घाटन गरे । मदर्सा उद्घाटनमा मुख्यमन्त्री राउतले मदर्साको जग्गा खरिद र निर्माणमा उल्लेखनीय योगदान पुर्याएका मौलाना साकिर, मौलाना इस्राइल र मौलाना इसालाई टोपी र रुमालीले सम्मान गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds