2024-05-15

Close

जनकपुरधाम । राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । सातवटै प्रदेशमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

मधेश प्रदेशमा दुई राष्ट्रिय सभा सदस्यका लागि जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ । मधेश प्रदेशमा अन्य र महिला समूह तर्फ दुई राष्ट्रिय सभा सदस्यका लागि पाँचजनको उम्मेदवारी परेको छ । सत्ता गठबन्धन तर्फ काँग्रेसबाट अन्य तर्फ आनन्द प्रसाद ढुंगाना र महिला तर्फ जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटका छन् ।

एमालेबाट अन्य तर्फ विजेता झा र महिला तर्फ उषा देवी थरुनीले उम्मेदवारी दर्ता गराएकी छन् । झा धनुषाकी हुन् भने थरुनी पर्साकी छन् । जनमत पार्टीले मधेश प्रदेशमा अन्य समूहमा रामशंकर महासेठ उम्मेदवार छन् । मधेश प्रदेशमा प्रदेशसभाका १०७ र पालिका प्रमुख र उपप्रमुख गरी २६७ मतदाता छन् ।

पालिका प्रमुख उपप्रमुखको मतभार ५ हजार ५३ र प्रदेश सांसदको ५ हजार ६७१ गरी जम्मा १० हजार ७२४ मतभार छ ।

मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनका अनुसार निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक हुने छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds