2024-04-26

Close

जनकपुरधाम, साउन ३२ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकास प्रदेश सरकारको मुल मन्त्र रहेको बताउनु भएको छ ।
समाजवादी पार्टीद्वारा धनुषाको बटेश्वर गाउपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार जनताको भावना अनुरुप समृद्धि र विकासको बाटोमा अघि बढेको उल्लेख गर्नु भयो ।


उहाँले समृद्धि र विकासलाई मुलमन्त्र मानेर प्रदेश सरकारले भौतिक पूर्वाधार विकासका साथै शिक्षामा गरिव, दलित र महिलाको पहुँचलाई सुनिश्चित गर्दै उनिहरुलाई रोजगारीमा पु¥याउने अभियान शुरु गरेको बताउनु भयो ।
मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गतका साइकल वितरण, छोरी शिक्षा विमा, विद्यालयहरुमा महिला शौचालयको निर्माण, सरकारी रोजगारीमा महिलालाई ५० प्रतिशतको आरक्षण जस्ता योजना एउटा कडी मात्र रहेको बताउनु भयो ।
वर्तमान अवस्थामा पछी पारिएका मधेशी , महिला, मुश्लिम दलित जनजातिलाई सबै क्षेत्रमा अघि नबढाए सम्म देश र प्रदेशले समृद्धि हासिल गर्न नसक्ने भएकाले यसको नेतृत्व लिने जिम्म समाजवादी पार्टीले आफनो काँधमा लिएको उहाँको कथन थियो ।


उक्त कार्यक्रममा बटेश्वर गाउपालिका र मिथिला नगरपालिकाका नेपाली काँग्रेस, नेकपा र राजपाका दर्जनौ नेता कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री राउतले माला र अविर लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।


समाजवादी पार्टीका बटेश्वर गा.पा. अध्यक्ष धनिक लाल महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य महाजन यादव, प्रदेश उपाध्यक्ष उर्मिला साह, जिल्ला अध्यक्ष पशुपति यादव, राज किशोर महतो, राम नरेश महतो सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds