अप्पन जनकपुर
रौतहट । यातायात कार्यालय गौरमा सेटिङ्गको अधारमा लाईसेन्स बितरण भईरहेको तथ्य बाहिरिएको छ । यातायात ब्यवस्था कार्यालय गौरमा अहिले कोटा सिस्टमको अधारमा भ्रष्टाचारको अड्डा बनेको जनगुनासो बढ्दै गएको हो ।
रौतहट जिल्लाको गौरस्थित यातायात ब्यवस्था कार्यालयमा बिना सेटिङ्ग दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारीसाधनको लाइसेन्स नबन्ने एक सेवाग्राहीले गुनासो पोखेका छन् । सेवाग्राहीका अनुसार यातायात कार्यालय गौरमा लाईसेन्स बनाउन जाँदा जबर्जस्ती दुई दुई पटक ट्रायलमा फेल हुँदा १० हजार रुपैयाँ तिरी लाईसेन्स दिएको पिडितले आरोप लगाएका छन् ।
यातायात ब्यवस्था कार्यालय गौरले लाईसेन्स बितरणका लागि दुई पाङ्ग्रेको ८ हजार र चार पाङ्ग्रेको १३ हजार दररेट तोकिएको हुँदा सोही दररेटमा लाईसेन्स बितरण भईरहेको एक पिडितले जनाएको हो ।
यता, जिल्ला ट्राफिक कार्यालय गौरलगायत अन्य ठाउँ सवारीसाधनको लाइसेन्स चेकजाँच गर्दा लाइसेन्स नभएका ब्यक्तिहरुले पटकपटक फाईन कटाउन हामीहरु बाध्य बनेको पिडितहरुको भनाइ रहेको हो । यता रौतहटको गौरमा अवस्थित यातायात ब्यबस्था कार्यालय गौरमा बिगत केही महिना अगाडि सेटिङ्ग नमिल्दा केही समयका लागि नयाँ तथा थप लाईसेन्स बन्न बन्द भएको थियो ।
केही समय यता सेटिङ्ग पश्चात् नयाँ तथा थप लाईसेन्स बन्न सुरु भएको एक सेवाग्राहीले बताएका छन् । यातायात ब्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्र गुप्ताको कार्य सम्पादनमाथि अख्तियार, सिबिआई समेत मौन रहेकोमा प्रश्न चिन्ह खडा भएका छन् ।
यातायात कार्यालय गौरमा सेटिङ्गमा लाईसेन्स लिनकाका लागि लिखित परीक्षा दिदा २ देखि ५ वटा प्रश्न चिन्हमा टिक लगाउने र ट्रायलमा पास हुन नसक्नेले प्रवेश पत्र बुझाई मात्र हाजिरी बनाउन लगाउने एक सेवाग्राहीले बताएका छन् ।
यातायात ब्यवस्था कार्यालय गौरमा करिब दर्जनौं भन्दा बढी एजेन्टहरु राखेर २ पाङ्ग्रेको ८ हजार र चार पाङ्ग्रेको १३ हजार सम्म अबैध रकम असुल्ने गरेको एक बिचौलियाले बताएका छन् ।
अबैध रकम दिए पछि मात्र लाइसेन्सको परीक्षा तथा ट्रायलमा पास हुने र पैसा दिए पछि कम्प्युटरमा लाइसेन्स भेरिफाई हुने गरेको एक बिचौलियाले बताएका छन् ।
कार्यालय प्रमुख गुप्ता अहिले बिना बिज्ञापनको दुई जनालाई गैरकानुनी ढंगले नियुक्ति गरेको तथ्य खुलेको हो । नियुक्ति लिनेमा सरसफाइकर्मी मञ्जु देवी स्मार्टकार्ड बितरणमा पिन्टु सिंह भनिने रौसन सिंहलाई नियुक्ति दिएका छन् । भने यातायात कार्यालय गौरका सबै हर्ताकर्ता सिंहले गर्ने गरेको एक सेवाग्राहीले बताएका छन् ।
सिंह अहिले आफ्नो कामकाज छोडि बायोमेट्रिकमा कार्य गरि रहेका छन् । भने कार्यालय सहयोगी बिरेन्द्र यादवको छोरा रोहन यादवले गैरकानुनी रुपले स्मार्टकार्ड बितरण गरिरहेका छन् । भने ट्रायलका लागि सुचना निकाल्दा सेटिङ्गमा लाईसेन्स लिनेहरुको ट्रायल नै नहुने र हुँदा पनि ड्रेस, हेल्मेट र माक्स परिवर्तन गरि ट्रायल लिने गरेको एक सेवाग्राहीले बताएका छन् ।
लाईसेन्स सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अन्य ठाउँमा छानबिन गरेता पनि गौरको कार्यालयका लागि मौन बसेका छन् ।