2024-03-28

Close

जनकपुरधाम२३,कार्तिक । विगतमा पाँच सय वर्षदेखि विवादित रहेको भारत युपी राज्यको अयोध्यामा राम मन्दिर बन्ने भएपछि जनकपुरमा मिठाई बाँडिएको छ ।

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिनमा रामजन्मभूमि न्यासको हक रहने फैसला गरेपछि जनकपुरधाममा खुसीयाली मनाइएको हो । जानकी मन्दिरका साधुसन्तहरुले अयोध्यासँग जनकपुरको पुरानो सम्बन्ध रहेको भन्दै राम मन्दिरको लागि अदालतले हरियो झण्डी देखाएलगत्तै जनकपुरमा पनि खुसीयाली छाएको छ । जानकी मन्दिरमा साधुसन्त, चोक तथा घरघरमा सर्वसाधरणले मिठाइ बाँडेर आपसमा खुसीयाली मनाएका हुन् ।

अयोध्या विवादमा भारतको सर्वोच्चले सुनाएको फैसला जनकपुरधामको लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण रहेको भन्दै आज जनकपुरको जानकी मन्दिर सहित विभिन्न ठाउँमा दिपावली समेत गर्ने जनाइएको छ । माता सीताको जन्मभूमि जनकपुरमा प्रत्येक वर्ष अयोध्याबाट जन्ती (बाराती) आउनेमा यसपाली ज्वाईंको घर निर्माण हुने भएपछि परम्परा अनुसार पनि खुसीयाली मनाएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

 

अयोध्यामा राम मन्दिरको लागि अदालतले फैसला दिएपछि केही समुदायहरु खुसीयाली मनाएका छन् भने समाजिक सञ्जाल सहित अन्य सँजाल मार्फत खुसी साटासाट गरेका छन् । हालाकी जनकपुरमै धेरै समुदायको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात झै पनि देखिएको छ । जनकपुरका मुस्लिम समुदायका केही युवाहरुले समाजिक सञ्जाल मार्फत पक्षमा खुसीयाली जताएपनि त्यही समुदायका कैयौं व्यक्तिहरुले असन्तुष्टि समेत जनाएको देखिएको छ ।

जनकपुरधामलाई भगवान रामको ससुराली मानिएको र पाँच सय वर्ष पुरानो विवादको आज टुँगो लागेपछि अयोध्याको जमिनमा राम मन्दिर बन्ने पक्कापक्की भएपछि जनकपुरमा खुसीयाली मनाइएको हो । यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो फैसलालाई हार वा जीतको रुपमा नलिन आग्रह गरेका छन् । राम मन्दिरको पक्षमा खुसीयाली मनाए सभ्य तरिकाले मनाउन बताउँदै कुनै अन्य समुदायलाई अहसज हुने गरी खुसीयाली नमनाउन पनि आग्रह गरेका हुन्

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds