2024-05-03

Close

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित भएका छन् ।

चौधरी २३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन् । उनलाई कांग्रेस नेता जीवनाथ चौधरी सहयोग गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले १७५ मत ल्याएका छन् । रमेश पनि कांग्रेस निकट छन् । रमेशलाई कांग्रेस नेता विमलेन्द्र निधी पक्षधरको समर्थन थियो ।

संघको उपाध्यक्षमा जयप्रकाश साह ‘पप्पु’, महासचिवमा रुपेश कुमार सिंह ‘मुन्ना’, सचिवमा मनोज कुमार साह र कोषाध्यक्षमा लक्ष्मण कुमार यादव निर्वाचित भएका छन् ।

संघमा ६ जना सदस्य रहने प्रावधान छ । सदस्यमा ‘क’ वर्गबाट सन्तोष यादव र ‘ख’ वर्गबाट सुभाष चन्द्र चौधरी निर्विरोध निर्वाचित भएका थिए । ‘ग’ वर्गबाट सदस्यको उम्मेदवारी नै परेनन् ।

‘घ’ वर्गबाट तीनजना सदस्यमा राजीव कुमार साह, कमलेश कुमार जयसवाल र दीपक यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds