2024-04-24

Close

 

जनकपुरधाम, भदौ ५ गते । धनुषाको हँसपुर नगरपालिकाको कार्यालय कहाँ राख्ने विवादमा जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवको संयोजकत्वमा गठित अनुगमन समितिले हँसपुरको बेलहीमै राख्ने उपयुक्त हुने ठहर गरेको छ ।

बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी गत साउन २३ गते गठित सो समितिले विवादित रहेका बघचौडा र हँसपुरको बेलही स्थित दुवै कार्यालयको अनुगमन गरी एक प्रतिवेदन तयार पार्दै यस्तो ठहर गरेका हुन । अनुगमन समितिले तयार पारेको प्रतिवेदनमा उपमेयर रेणु झाले आफ्नो असहमति जनाउँदै हस्ताक्षर गरेको छैन ।

समितिले बघचौडामा सांघुरो क्षेत्रफल र कम कोठा रहेको र हँसपुरमा आम जनतालाई पायक र सहज हुने, जग्गा क्षेत्रफल बढी भएको, भवन सहितको पर्याप्त पुर्वाधार भएको कारण हँसपुर नै उपयुक्त हुने आफ्नो प्रतिवेदनमा भनेका छन् ।

सो प्रतिवेदनमा दुवै ठाउँका स्थानीयवासी, सरोकारवाला निकाय, पछिल्लो निर्वाचनमा मेयरका प्रत्यासी उम्मेदवार र राजनीतिक दलका विचार समेटिएको छ । समितिले बघचौडा स्थित कार्यालय २२ कट्ठा जग्गामा रहेको भनिएकोमा मुश्किलले ७\८ कट्ठा जग्गा मात्र रहेको, त्यसमा एक छेउमा पोखरीको डिल र अर्को छेउमा खोला रहेको कारण असुरक्षित रहेको र हँसपुरमा २२ कट्ठा जग्ग्गमा पर्याप्त पुर्वाधार सहित नजिकै प्रहरी चौकी रहेकोले सुरक्षित र जनतालाई सहज पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

समितिले हालको बघचौडामा रहेको कार्यालयमा वडा नं. २ को कार्यालय नै संचालन गर्नुपर्ने उपयुक्त हुने सुझाव दिएका छन् । समितिले तयार पारेको प्रतिवेदन सिफारिसका लागि प्रदेश सरकारमा चांडै पठाउने संयोजक यादवले जानकारी दिए ।

यसैबीच भदौ ३ गते उच्च अदालतले यसअघि निर्णय गरिएका अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको छ । साउन २८ गतेका दिन उच्च अदालतले हालका लागि संचालनमा रहेको बघचौडा स्थित कार्यालयमै कार्य संचालन गर्न आदेश दिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds