2024-04-26

Close

 

इनरुवा, दशगजा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय नियम मिचेर भारतले सुनसरीसँग सीमा जोडिएको भाण्टाबारीमा प्रवेशद्वार निर्माण गरेको छ ।

भाण्टाबारीको तिनकुने भन्ने स्थानमा भिमनगर जाने सडकलाई लक्षित गरी भारतीय पक्षले प्रवेशद्वार निर्माण गरी संचालनमा ल्याएको छ । भारतले सीमा स्तम्भ रहेको मैत्रीपोखरीको सामुन्नेमै प्रवेशद्वार बनाएको हाे ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार सीमा स्तम्भ रहेको स्थानबाट दुवै देशतर्फको दश मिटर क्षेत्रमा बसोबास र भौतिक पूर्वाधार निर्माणको कार्य गर्न पाइदैन, चाहे त्यो स्थायी होस् वा अस्थायी संरचना नै किन नहोस् । तर भारतीय पक्षले भने सशस्त्र सीमा सुरक्षा बलको यूनिट सामुन्नेमै प्रवेश द्वार बनाएर संचालनमा ल्याएको छ ।

पक्की कंक्रिट संरचना तयार गरी बनाईएको स्वागत द्वारमा निलो र रातो रङभित्र सेतो अक्षरले हिन्दी र अंग्रेजीमा ‘भारतमे आपका स्वागत है’ भन्ने शब्दलाई ठूलो अक्षरमा लेखिएको छ । त्यसको तल्लो भागमा भारतीय सीमा शुल्क स्थल भिमनगर लेखिएको छ ।

अन्तर्राष्ट्रिय नियम र दुई देशबीचको सहमतिविपरीत भारत सरकारका तर्फबाट दशगजा क्षेत्रमा सो संरचना निर्माण गरिएको सीमा जानकारहरु बताउँछन् । स्थानीयहरु समेत भारतीय पक्षले बनाएको प्रवेशद्वार दशगजा मिचेर बनाइएको दाबी गर्छन् ।

संरचना निर्माणताका भारतीय पक्षले आफुहरुलाई जानकारी नदिएको र कुनै पनि समन्वय नगरेको बताउने सशस्त्र प्रहरीले सो विषयमा तत्कालीन अवस्थामै माथिल्लो निकायमा जानकारी गराइएको बताएको छ ।

यद्यपि भाण्टाबारीमा रहेको सशस्त्र सीमा सुरक्षा बलले भारतीय पक्षले निर्माण गरेको प्रवेशद्वार दशगजाभन्दा बाहिरको क्षेत्रमा रहेको जनाएको छ । सीमा सर्भेका क्रममा खटिएको टोलीले समेत उक्त संरचना दशगजा बाहिर पर्ने बताएको सशस्त्रको भनाई छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds