2024-04-24

Close

विपिन कुमार यादव ,जनकपुरधाम,१८ फाल्गुन । प्रदेश नं. २ को धनुषा जिल्लाको हरेक स्थानीय तहको टोल-टोलमा विसु अभियानले जनताको मन जित्न सफल हुंदै गएको छ ।

सो अन्तरगत जनकनन्दनी गाउपालिका वडा नं. ५ उद्घामा संगठन विस्तार तथा सुदृढ़ीकरणका लागि नगर स्तरिय पार्टी कार्यालयको शनिवार प्रतिनिधि सभा सदस्य,निर्वाचन क्षेत्र नं.२ का सांसद एवं प्रमुख सचेतक उमाशंकर अरगरिया, प्रदेश सांसद शैलेन्द्र कुमार यादव,केन्द्रीय सदस्य क्षेत्र नं.२ विसु अभियानका अभियन्ता अरुण सिंह मण्डल, धनुषा जिल्ला समन्वय समिति अध्यक्ष पशुपति यादवको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । विसु अभियान अन्तर्गत जनकनन्दिनी गाउपालिका वडा नं. ५ उधामा कार्यालय उद्घाटन गरिएको छ ।


सांसद अरगरियाले जनताको काम इमानदारीताका साथ गरिदिन नगरका नेताहरुसंग आग्रह समेत गरे । उनले मधेसी जनताको हकअधिकारका लागी संविधान संशोधन गराउन संघर्ष समेत जारी रहेकाले पनि संगठन निर्माणमा बिशेष ध्यान दिन स्थानीय नेताहरु संग आग्रह गरे ।

सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिएर पनि संविधान संशोधन गर्न नसकेपछि संविधान संशोधनका लागि दवाब दिने उदेश्यका साथ पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउन समाजवादी पार्टीले देश भरि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको छ ।
बैठकमा प्रमुख अतिथि सांसद उमाशंकर अरगरिया, केन्द्रीय सदस्य अरुण सिंह मण्डल ,बिशिस्ट अतिथि प्रदेश सांसद शैलेन्द्र कुमार यादव, पशुपति यादव , अबदुल शेख,सुनिता साह,अशोक कुमार मण्डल ,प्रमोद अधिकारी ,दिप्या देवी दास,बिक्रम यादव , नगर अध्यक्ष राधेश्याम यादव , लगायत जनकनन्दनी गाउपालिका अन्तर्गत सबै वडा अध्यक्ष लगायत पदाधिकारी एवं विभिन्न भातृ संगठनका अगुवा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds