2024-05-02

Close

जनकपुरधाम । मधेश प्रदेशमा पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् ।

जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै उनले सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरे ।

उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा ढुंगामुढा गर्ने जस्ता परिस्थिति सृजना भएपछि नियन्त्रणमा लिने क्रममा त्यस्तो मेजर घटना देखिएको छैन । यद्यपि सुरक्षित गर्नुपर्दा घटना भइ नै हाल्छ । त्यसलाई सुधार्न सकिन्छ ।’

गृहमन्त्री लामिछानेले प्रहरी समायोजनको ड्राफ्टमा काम भइरहेको पनि बताए ।

प्रहरी समायोजनको ड्राफ्टमा त्रुटि रहेको संकेत गर्दै उनले भने, ‘मैले गृह मन्त्रालय सम्हालेपछि प्रहरी समायोजनको ड्राफ्टमा बृहत छलफल ग¥यौं । मैले स्पष्ट भन्नुपर्दा त्यसमा काम गर्नुपर्ने थुप्रै ठाउँहरु छन् ।’

गृहमन्त्री लामिछानेले मुख्यमन्त्रीहरुलाई समेत प्रहरी समायोजनमा गर्नुपर्ने कामहरुबारे बताएको भन्दै त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने विषयमा छलफल चलिरहेको बताए ।

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘प्रहरी समायोजन कहिलेसम्म गरिहाल्ने भन्ने कुरा ठ्याक्कै भन्न सकिँदैन । प्रधानमन्त्रीज्यूको प्राथमिकताको विषय हो । त्यसैले पनि विनाकारण अलमल्याउनुपर्ने कुरा त छैन । तर, हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । हतार गरेर अधुरो गर्नुभन्दा पनि त्यसलाई सही ढंगले अध्ययन गरेर गर्ने हो ।’

गृहमन्त्री लामिछानेले सुरक्षाको दृष्टिले तुलनात्मक रुपमा मधेश प्रदेशमा समस्या रहेको भन्दै समाधान गर्न सामूहिक छलफल गरेको जानकारी गराए ।

उनले सुरक्षा अधिकारीको सरुवालाई कारबाहीको रुपमा लिन नहुने बताए ।

गृहमन्त्री लामिछानेले भने, ‘जो जहाँ गए पनि परफमेन्स राम्रो होस् । त्यहाँका नागरिकलाई सुरक्षा दिइयोस् । नागरिकले सुरक्षा महसुस गर्न पाऊन् । गुण्डागर्दी नियन्त्रण होस् । भ्रष्टाचार अन्त्य होस् । प्राकृतिक स्रोतसाधनको दोहन बन्द गरियोस् । बोर्डरमा हुने गरेको अवैध गतिविधि नियन्त्रण गर्न सकियोस् । यो उद्देश्यका लागि सरुवा गरिने हुनाले कारबाहीको रुपमा लिनुहुँदैन ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds