2020-10-29

Close

नेपालमा भारतिय सवारीमाथी अंकुश प्रती प्रमुख सचेतक अरगडियाको आपत्ती (भिडियो सहित )

 

जनकपुरधाम । समाजवादी पार्टीको प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ को सांसद उमाशंकर अरगडियाले नेपालमा भारतीय सवारीमाथी गरेको प्रतिबन्ध प्रती आपत्ति जनाएका छन । राजश्व चुहावटको बहानामा सम्बन्धित कर्मचारीले भ्रष्टाचारलाई बढावा दिने गरि भारतीय नम्बरको गाडीमाथि अंकुश लगाएको अरगडियाको तर्क छ ।

 

आईतबार सांसद सभामा बोल्दै प्रमुख सचेतक अरगडियाले तराई मधेसको अधिकांश जिल्ला भारतीय सिमा संग जोडिएकाले भारतिय सवारीमाथी अंकुश लगाउंदा राजश्व घाटा संगै भारतीय पर्यटकको संख्यामा कमि आउने दाबी गरे । भारतीय सबारीलाई नेपालमा एक बर्षमा एक महिना मात्र भित्र्याउन पाउने नियम लागू गर्दा उक्त सबारीबाट आउने भन्सार राजश्वमा ह्रास आउने बताए ।

 

“भारतीय पर्यटकहरु दैनिक रुपमा भन्सार तिरेर नेपाल आउने गरेका थिए । तर अहिले आएर अनलाईन सिस्टम मार्फत ३० दिन नेपाल आउन पाउने भन्सारको नयाँ नियमले तराई मधेसको आर्थिक आम्दानीमा गिरावट आएको छ । पर्यटकहरु झन बिचल्लीमा परेको छ “।, सचेतक अरगडियाले भने -“सरकारले प्रतिनिधि सभामा पेश गरेको राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण बिधेयक त्रीटुपूर्ण छ । बिधेयकमा एक करोड बिगो जरिवाना र एक महिना देखि छ महिना सम्म संजाय हुने ब्यबस्था रहेकोछ । यसले पहुँचवालालाई न्यूनतम र बिना पहुंचवालालाई अधिकतम संजाय हुने निश्चित छ । त्यसैले यो बिधेयक संशोधन गरि एक किसिमको संजायको ब्यबस्था गर्नु पर्छ । नभए यस्तो बिधेयकले झन भ्रष्टाचार बढ्छ ।”

भिडियो हेर्नु

यति मात्र नभएर सिमा क्षेत्रका ब्यापारीलाई भन्सार कर्मचारी तथा प्रहरी प्रशासनले अनावश्यक दु:ख दिने गरेको टिप्पणी गरे । ब्यापार व्यावसायिका लागि राजश्व तिरेर अनुमती लिएको भएपनी जनकपुर वा सदरमुकाम बाट मालसामान पसलमा लगिराख्दा भन्सार प्रमुख, कर्मचारी र प्रहरीले बलजफ्ती नियन्त्रणमा लिई गलत मुचुल्का गर्दै आएको जानकारी गराए । उक्त मुचुल्काको आधारमा आफ्नो ब्यबसायिका लागि लग्ने मालसामान जफत गर्दा व्यापारी थप घाटामा जानेगरेको बताए । त्यसैले सिमा क्षेत्रका जिल्लाहरुमा निरवाद्व रुपमा ब्यबसायी संचालन गर्ने वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर