सिरहा । सिरहा नगरपालिकाको मेयरमा एमालेले डा. नविन यादवलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवार चयन भए लगतै मेयरका उमेदवार डा.नविन यादव लगायतको पायनल जनता माफ घरदैलोमा व्यस्त भएका छन् । एमालेबाट मेयरको एकल उम्मेदवार डा।नविन यादवले गठबन्धन बनेपनि आफूले चुनाव जित्ने बताए । त्यस्तै,अन्य दलमा देखिएको विवादको फाइदा पनि एमालेलाई हुने निश्चित छ ।’
एमाले पार्टी विभाजन भए पनि सिरहा नगरपालिकामा कुनै असर नपरेको दावी गर्दै नेता नविन यादवले नेकपा एसको सबै मत आफूलाई आउने दावी गरे । पेशाले चिकित्सक नेता नविनले आफू जित्नेमध्येको सबैभन्दा महत्वपूर्ण फ्याक्टर भनेको पार्टीमा आफ्नो परिवारको लगानी रहेको धारणा राख्छन् ।
‘पार्टीकै काममा रहेको बेला बुवाको हत्या भयो, शोकलाई शक्तिमा बदल्दै जनताको सेवा गर्न कहिल्यै पछि परिनँ,’ उनले भने । डा. यादवले भने भोट दिनेहरू मासु भात,मदिरा र केहि पैसाको लोभमा त्यस्तालाई जिताउछन । तर कहिले यो सोच्या छ कि खर्च गरेको पैसा उनले फर्काउने हो कहा बाट रु यहि बाट सुरु हुन्छ जनताको रगत चुस्ने काम, र यसको प्रत्यक्ष आरोपी जनता नै बन्छन । तसर्थ अनावश्यक खर्च गर्ने उम्मेदवार खोज्नु भन्दा इमान्दार विकास प्रेमीलाई जनप्रतिनिधीमा चयन गर्नुपर्ने आवश्यकता रहेको हुदा जनताले अघिलो प्रतिनिधिलाई देखि सके अव त्यस्तालाई सबक सिकाउने छ भने मेरो पक्षमा जनता रहेको हुदा आफनो जित निश्चत रहेको दावी गरे । तसर्थ हामीले समृद्धि ल्याउन, सम्पन्नता प्राप्त गर्नका लागि यति मात्र दुःख गरेर पुग्दैन ।
हामीलाई कसैले ल्याएर पोल्टामा हालिदिने चिज पनि होइन समृद्धि भनेको । त्यसकारण समृद्धि ल्याउन तपाईंको मत अमुल्य छ । त्यो सदुपयोग गरौं । मैले गनर्पुर्ने आथिर्क, सामाजिक, राजनीतिक जनु सुकैसहयोगका लागि म तयार छु । तपाईंहरूको भारी बोक्नका लागि जतिखेर पनि तयार छु । त्यो माध्यम मिलाउनका लागि म तयार रहेको मेयरका उमेदवार डा. यादवले बताए ।