
जनकपुरधाम । निर्वाचन नजिकिए संगै चुनावी उम्मेदवारहरुको प्रचारप्रसार कार्यक्रम पनि तिव्र रुपमा भैरहेको छ । चर्चाको केन्द्र बनेको धनुषा निर्वाचन क्षेत्र नं. २ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. २ मा भएको ४४ वडा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । उमाशंकर अरगरियाको पक्षमा बढ्दो समर्थन देखिएको छ ।
कार्यक्रममा उत्साजनक रुपमा एमालेका नेता–कार्यकर्ता र उमाशंकर अरगरियाका समर्थक उल्लेखनिय उपस्थिती रहेको थियो ।




धनुषा निर्वाचन क्षेत्र नं. २ का मतदाताहरूको संख्या पनि ठूलो छ । १ लाख ३० हजार बढी मतदाता रहेको सो क्षेत्रमा घरदैलो कार्यक्रमका क्रममा उमाशंकर अरगरियालाई मतदाताहरूले मत दिने आश्वासन दिएको जनाएका छन् ।

भ्रष्टाचारविरुद्ध, महिलाका अधिकार, युवा र बालबालिकाको हकमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उमाशंकर अरगरियालाई जनताले सम्मानका साथ स्वागत गरेका थिए । खादा र फूलमालाले उनलाई स्वागत गरियो । एमालेका नेताहरूले उमाशंकर अरगरियालाई सामाजिक अभियन्ता र काम गर्ने उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्दै भनेका छन्, “यस पटक जनताको विश्वास जित्ने उम्मेदवार उमाशंकर अरगरिया नै हुन् ।”
क्षेत्रका उनका समर्थकहरुले “हामीलाई सधैं उमाशंकर अरगरियाबाट सहयोग प्राप्त भएको छ र यसपटक हामी कुनै पार्टीको पक्षमा नभई आफैंले अरगरियालाई समर्थन गर्नेछौं ।” अरगरियाको कार्यशैलीलाई धर्मनिरपेक्ष र समुदायको भेदभाव नगर्ने र अगाडी पनि समाजका हितमा नै काम गर्ने आफुहरु ढुक्क भएको बताए ।
महिला मतदाताहरूले पनि अरगरियालाई पूर्ण विश्वासका साथ समर्थन गरेका छन् । उनीहरूले भने, “हामी आफ्ना परिवारका सबै सदस्यसँग मिलेर अरगरियालाई मतदान गर्ने छौं, किनकि उनी महिलाका अधिकारको पक्षमा सधैं सक्रिय रहनुहुन्छ र हामी सबैका लागि समान अधिकारको पक्षधर हुनुहुन्छ ।”युवा मतदाताहरूले पनि अरगरियाको पक्षमा आफ्नो आवाज उठाउँदै भनेका छन्, “हामी यो पटक कुनै पार्टी र सोसियल मिडियाको पछाडि नभई काम गर्ने उम्मेदवारलाई समर्थन गर्नेछौं । समाजिक मुद्दामा प्रतिबद्ध उम्मेदवार अरगरियालाई मात्र हाम्रा भोट दिनेछौं ।”
कयौ दिनदेखि लगातार घरदैलोमा खटिएको अरगरियाले आफु आजसम्म पनि थकिना महसुस नगरेको बतायो । अझ मतदाताहरुको आफु प्रतिको यो समर्थन र विश्वास देखेर थप उर्जा मिलेको बताए।
धनुषा कमला २ का उपेन्द्र यादव भन्छन्, “यसरी, अरगरियाको अभियानमा जनताको समर्थन र विश्वास बढ्दो छ । उनका समर्थकहरूले अझै बलियो विश्वासका साथ भनेका छन् कि यस पटक अरगरियाको जीत निश्चित छ ।”
कमला ३ मानपटिट्का पवन यादव भन्छन्, “धनुषा २ मा रहेका विभिन्न समुदायका जनताले अरगरियालाई आफैंले गरेको काम र संघर्षको कारण विश्वास गर्न थालेका छन् । त्यसैले, अरगरियाको जीत सुनिश्चित हुने संभावना बढ्दै गएको छ र यो अभियान अझ उत्साही र दृढताका साथ अघि बढिरहेको छ । जनताको विश्वास र समर्थनलाई ध्यानमा राख्दै, अरगरियाले चुनावी प्रतिस्पर्धामा आफ्नो विजयको संभावना अझ सशक्त बनाइरहेको छन् ।”
यही फागुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनमा धनुषा २ बाट रास्वपाका रामविनोद यादव, काँग्रेसका दिनेश प्रसैला, नेपाली कम्यूनिष्ट पार्टीका रामचन्द्र झा, जसपा नेपालका पशुपति यादवसहित अन्य उम्मेदवारहरु छन् ।
