2024-04-20

Close

रघुवीर महासेठलाई जिम्मेवारीबाट हटाउन माग गर्दै १६ केन्द्रीय सदस्यले बुझाए धुम्बराहीमा पत्र

जनकपुर– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ को बर्दिवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपका कारण पार्टीभित्र असन्तुलको संकेत देखापरेको छ । मंगलबार पार्टीका १६ केन्द्री सदस्यहरुले पार्टी स्थाई कमिटी सदस्य रघुबीर महासेठ लगायत प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदबाट हटाउनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएपछि असन्तुलनको संकेत देखापरेको हो । केन्द्रीय सदस्यहरुले पार्टीमा माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरिएको समेत आरोप लगाएका छन् ।

पार्टीभित्र विधि र अनुशासनको माग गर्दै प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी र महेन्द्र पासवानसहित १६ जना केन्द्रीय सदस्यहरुले पत्र दर्ता गराएका हुन् ।  पत्रमा पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरित काम गरेको भन्दै रघुवीर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनुपर्ने, २ नं प्रदेश कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग गरिएको छ भने केन्द्रिय समितिको परिपत्र उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरेको भन्दै नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारवाही गर्न माग गरिएको छ ।

त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरित प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र सक्षमहरुलाई मनोनयन गर्दै सपथ ग्रहण गराउन समेत पत्रमा माग गरिएको छ । उता, प्रदेश इन्चार्ज र अध्यक्षले पर्सा र बारामा षडयन्त्रपूर्वक सपथ गराइएको आरोप लगाउँदै उक्त सपथ ग्रहण रद्द गरी जिल्ला कमिटीमा मनोनयन गरिएको त्रुटी सच्याएर अर्को शपथ ग्रहण गर्न समेत आग्रह गरिएको छ । पत्रमा केन्द्रिय सदस्यहरु रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगतप्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठा लगायतले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds