2024-04-26

Close

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले २०७७ फागुन ६ गते प्रादेशिक अस्पताल जनकपुरधामको प्रांगनमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय सञ्चालनमा ल्यायो । प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलोको रूपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढेको दाबी गरेका थिए ।

उनले स्वास्थ्य अवस्था सुधार्न प्रतिष्ठानले पहिलो प्रयास गर्ने बताएका थिए । प्रतिष्ठानले दक्ष जनशक्ति मार्फत स्वास्थ्य क्षेत्रमा सुधार गरी जनकपुरधामलाई शिक्षा र स्वास्थ्य उपचारको केन्द्र बनाइने मुख्यमन्त्री राउतले प्रतिबद्धतासमेत जनाएका थिए । तर, पछिल्लो पटक प्रतिष्ठानका पदाधिकारीहरुको गल्तीका कारण प्रतिष्ठानभित्रका प्रशासनीक कामहरुमा व्यापक गडबडी देखिन थालिएको छ ।

प्रतिष्ठानले पटक पटक विज्ञापन गरेर स्थगित गर्दै आएको आरोप लगाइएको छ । मुटुरोग विशेषज्ञ डा. अजय मिश्राले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञापनको अवस्था देख्दा सो ठाउँ अनियमितताले भरिएको स्पष्ट भएको बताए ।

उनले भने, ‘पछिल्लो पटक प्रतिष्ठानले विभिन्न पदका लागि विज्ञापन आह्वान गर्दा कति सिटमा कति जनाको माग थियो त्यो पनि खुलाइएन । प्रशासनीक गल्तीहरु व्यापक देखिएको छ ।’

उनले प्रतिष्ठानका प्रशासनीक कर्मचारीले फारम बुझ्ने बेलामा पनि न्यूनतम प्रक्रिया पूरा नगरेको आरोप लगाएका छन् ।

प्रतिष्ठानले पछिल्लो पटक जेनरल सर्जरी विभागमा विज्ञापन नम्बर–३८/०७९/८० मा ३ वटा सिटका लागि विज्ञापन आह्वान गरेपनि भदौ २० गते नतिजा प्रकाशन गर्दा ४ जनालाई उतिर्ण गरेको थियो ।

पहिलोपटक भदौ २० गते नतिजा प्रकाशन गर्दा प्रोफेसर डा.सुधिर कुमार सिंह र डा. राकेश कुमार पण्डित तथा असिस्टेन्ट प्रोफेसर डा. विनय कुमार साह र डा. ध्रुव नारायण साहको नाम निकालिएको थियो । जबकी साउन १ गते प्रकाशित सूचना अनुसार सो पदमा माग संख्या ३ जना मात्रै थियो । त्यसपछि डा. मिश्राले विरोध गर्दा ५ दिनपश्चात भदौ २० गते डा. ध्रुव नारायण साहको नाम वैकल्पिकमा राखिएको थियो ।

डा. मिश्राले प्रोफेसर इन मेडिसिनमा आफूले फारम भरेपनि आफ्नो ठाउँमा एमडी एमएस नगरेको र काउन्सिलमा पनि एमडी एमएस दर्ता नभएको डा. आरपी दासलाई छनोट गरिएको बताए ।

विज्ञापन एउटा पदमा आह्वान हुँदा नाम अर्कैमा सिफारिस भएकोप्रति मेडिसिन विभागका डा. रवि रञ्जन प्रधानले पनि आपत्ति जनाएका छन् । प्रोेफेसर बन्न एमडी अनिवार्य रहेको बताउँदै मेडिसिन विभागमा एसोसिएट प्रोफेसरमा फारम भरेका डा.कृष्ण कुमार साहको नाम एसिस्टेन्ट प्रोफेसरमा निस्केको गुनासोसमेत सुनाए ।

उनले आफूले सबै प्रक्रिया पुर्याएपनि आफ्नो नाम वैकल्पिकमा राखिएको बताए । डा. प्रधानले सरकारी संस्था नियमानुसार चल्नुपर्ने बताएका हुन् ।

यस सम्बन्धमा प्रतिष्ठानका प्रवक्ता डा. रामनरेश पण्डितले प्रतिष्ठानमा सामान्य प्रशासनीक त्रुटि भएको हुनसक्ने स्वीकार गरेका छन् ।उनले प्रशासनीक काममा थोरै त्रुटि भएपनि आफूहरुले विधि, नियम र प्रक्रिया अनुसार नै सबै काम गरिरहेको दाबी गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds