आजदेखि ई-पासपोर्टको अनलाइन आवेदन खुल्यो

काठमाडौं । राहदानी विभागले आजदेखि ई-पासपोर्टको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुलाउने भएको छ ।

विभागले यसअघि साँझ साढे ४ बजेपछि मात्र आवेदन खुलाउँदै आएको थियो । विभागले सोमबार सूचनामार्फत आजदेखि बिहान ११ बजेबाट आवेदन खुलाइने जानकारी गराएको हो ।

बिज्ञापन

हाल २ हजार ४ सय जनाको प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरिएको छ । प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।