2024-05-03

Close

दिपेश कुमार शाह
रौतहट । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रमा बिहिवारको बिधुत प्राधिकरणले लापरवाहि गर्दै आए पाछि ताल्चा लगाए, तालाबन्दी गरिएको हुन ।
मौलापुर नगरपालिका स्थित गम्हरियाका स्थानीयहरुले नेपाल बिधुत प्राधिकरणको कार्यालयमा तालचा गरेको छन ।

गम्हरियामा बिहानै एक पोलमा आगो लाग्दा विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको प्रमुख देखि सम्बन्धित कर्मचारीहरुलाई समेत फोन गर्दा फोन नउठेपछि प्राधिकरणमा तल्चा लगाइएको छन । बिहानै करिब ७ बजे पोलमा आगो लागेर तार खस्दा धनजनको क्षति हुनबाट जोगियो तर प्राधिकरणको कर्मचारीहरुले कुनै प्रतिक्रिया नदिए पछि स्थानीयहरुले आक्रोशित भए पछि तल्चा लगएको हुन ।

बिगत धेरै दिन देखि बिधुत प्राधिकरण को लापरवाहीले गर्दै बिहिवारको दिन तल्चा लगाइ बिधुतको कर्मचारीहरुलाइ लखेटेको हुन स्थानियहरुले बताए ।

जुनसुकै बेलामा पनि छिनछिनमा बत्ति जाने, कहिले काही त घन्टौसम्म पनि लाइन काटिने जस्ता समस्याले यस क्षेत्रका सर्वसाधारण उपभोक्तहरुले बिजुली भएको कुनै महसुश गर्न पाएका छैन। महिनैपिच्छे महशुल पनि तिर्नुपर्छ, स्थानीय उपभोक्ताले चाहिएको बेला कहिल्यै पनि विधुत सेवा पाइदैन भने स्थानीयहरुले बताउ छ्न ।

समयमा जहिले पनि बत्ति काटिने समस्याले उपभोक्तहरुले तलचा लगएको छिन । विद्युत अनियमितताले गाउँका स्कुलमा पढने बालबालिका सबैभन्दा बढी प्रभावित पर्दै छन । बत्ति नहुँदा बालबालिकाले राति बसेर लेखपढमा अफ्ट्यारो भएको हुनाले स्थानीयहरुले तल्चा लगएको हो ।

प्राधिकरणका कर्मचारीको लापरवाहीले सीमा नाघेको विद्युत सेवा अनियमित भएको पनि उनको आरोप छ । ‘मोवाइलमा फोन गर्दा कर्मचारीहरुको फोन नै लाग्दैन, उनले भने, जहिले पनि ब्यस्त छ मात्रै भन्छ ।’ उनले लागि हाले पनि कर्मचारीले फोन नउठाउने गरेको बताएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds