2024-04-26

Close

जनकपुरधाम।सांसद प्रमोद  साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा टाइरबालेर प्रदर्शन गरेका छ्न।

सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका साहलाई प्रहरीले अड्डान गरेर जहाजमार्फत् जनकपुर नै लाएको छ।आफ्नो पार्टीका सांसदलाई प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थाहा पाएपछि नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्। जनकपुर विमानस्थलमा तोडफोडपछि विमानस्थल प्रशासनले साहविरुद्ध प्रहरीमा किटाणी जाहेरी दिएको थियो।

त्यसपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर पक्राउ गरेको हो।उनीहरुले प्रहरी प्रशासन मुर्दावाद, सांसद साहलाई रिहा गर भन्दै नाराबाजी गरेका छन्।

यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य संजय चौधरीको नेतृत्वमा जनकपुरको भानु चौकमा टाइर बालेर विरोध प्रदर्शन गरेका छन।

कार्यक्रममा राजपा नेपालका युवा नेता प्रशान्त झाले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन।उक्त कार्यक्रममा  किशन साह,दिपक यादव,मनोज साहलगाइत युवा नेताहरुको समेत उपस्थिति रहेका थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds