2024-04-19

Close

विपिन कुमार यादव ,
जनकपुरधाम,३मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रथम जनकनन्दनी गाउँपालिका अधिवेशन राजपा धनुषा जिल्ला सचीव मनोज कुमार साहको अध्यक्षतामा नगर अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनबाट नगर अध्यक्षमा नन्द किशोर मण्डल अनुमोदित भएका छन् । पछिल्लो समय निरन्तर जनसम्पर्कमा खटेका मण्डल सर्वसम्मत रुपमा गठिन २८ सदस्यीय गाउँपालिका समितिको अध्यक्षमा चयन भएका हुन् ।

उनी संगठनको लागि सक्रिय भएर काम गर्दै आएका छन् । यस क्षेत्रमा संगठन विस्तार तथा पार्टीको लागि अहम भूमिका निभाउँदै आएका मण्डल नगर अध्यक्षको जिम्मेवारी पाएपछि अब काँधमा थप जिम्मेवारी थपिएको बताए । जिम्मेवारी दिएकोप्रति उनले सबैलाई धन्यवादसमेत ज्ञापन गरे । उनले प्राप्त भएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने र झन सशक्त भएर काम गर्ने प्रतिवद्धता जनाए । यसअघि यसक्षेत्रमा राजपा संगठनात्मक रुपमा त्यति मजबुत थिएन । तर, पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी राजपामा प्रवेश हुनेको क्रम बढ्दै गएको छ ।

राजपा नेपालका जिल्ला सचीव मनोज कुमार साहले जनसम्पर्क तथा विकास निर्माणका काममा चाँसो बढाएपछि राजपा प्रति जन आकर्षण बढ्दै गएको देखिएको हो । युवा नेता साहको एक टिम छ, जो निरन्तर जनसम्पर्कमा हुन्छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds