2024-05-01

Close

सिरहा । सिरहामा तस्करका हितैसी भनेर बद्नाम नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अमित राई प्रदेश तानिएका छन् । वडा प्रहरी कार्यालय सिरहाको प्रमुखका रूपमा कार्यरत राईलाई सोमबार मधेश प्रदेश प्रहरीले कार्यालयले तानेको हो ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले उनलाई पठाइदिन प्रदेश प्रहरीले पत्र पठाएको जानकारी दिए । प्रदेशले बोलाएपनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म जिम्मेवारीबाट उनलाई मुक्त भने गरिनसकेको उनले बताए ।

सिरहास्थित शारदा डिस्टिलरीले गर्दै आएको राजस्व छली र राजस्व छलीका उक्त अवैध मदिरा भारत तस्करी हुँदै आएको विषय पर्दाफास गरेका कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजादमाथि आक्रमण गर्ने योजना गत चैत ८ गते सिरहास्थित एक डेरीमा बसेर तस्करहरूले सई राईकै रोहबरमा बनाएका थिए ।

यसको नेपाल पत्रकार महासंघको जिल्लादेखि केन्द्रसम्मको कार्यसमितिले भत्र्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेको थियो । यो विषय संसदमा पनि उठेको थियो ।

सिरहामा आफूलाई डीआईजीको घुमुवा भनेर तस्करी धन्दाको नेतृत्व गरिरहेका राई अहिले प्रदेश तानिएपछि अन्यत्र सरुवा तथा कारवाही रोक्न शक्तिकेन्द्र चहार्न थालेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds