2024-12-04

Close

वीरगन्ज १३ बिहिबार नेपाल  सरकारले सिमानाका हुने विभिन्न किसिम आपराधिक गतिविधिलाई रोकनको लागि सुरक्षा चुस्त, तन्दुरुस्त बनाउनको लागि कडा निर्देशन दिएपनि सिमानाकामा रहेका सशस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परि रातभरि तस्करी गराउदै आएका छन्।सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको आखाँको अगाडिवाट तस्करहरुले  रातभरि   ,भकुवानाका , छपकैया नाकाहरुवाट तस्करी हुदै आएको छ।वीरगन्जको छपकैया ,भकुवा नाका , खाल्वा श्रिसिया तस्करहरुले लत्ताकपडा , जुत्ता चप्पल ,काजु, बटर रेडबुल्लु , गाडीको पार्ट पुर्जा टेम्पुमा लोड गरि तस्करी गर्दे आएका छन्।वीरगंज भन्सार भन्दा करिव २ किलोमिटरको दुरीमा रहेको छपकैयाको  छोटो भन्सारको बाटो भई रातभरी तस्करी भईरहेको समाचार प्राप्त भएको छ।सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल बिओपी श्रिसियाको मिलोमतोमा नाकाबाट व्यापक रुपमा तस्करी भईरहेको स्रोतले जनाएको छ।तस्करहरुले अहिले छपकैया र श्रिसियानाकावाट दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा  , हाडयेवर , जुता ,काजु , हाडयेवर  रातभरी भित्रयाउने गरेकाछन । प्राप्त समाचार अनुसार दिन्हु राति लत्ताकपडाको तस्करी गर्ने एक तस्करले सो  नाकावाट २,४ वटा मोटरसाइकलमा कपडाको गढिया बनाई लोड गरि सशस्त्र प्रहरीको सहयोगले भारतवाट नेपाल भित्राउने गरेको नाऊ नछाप्रने सर्तमा एक स्थानियले यस अनलाईन बताएका छन्।अहिले पर्साको  खल्लवा श्रिसिया , छपकैया गाऊको   नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर  , रजनिगंधा, काजु र बिजय भन्नेले  हाडयेवर अटो र मोटरसाइकल  लगाएतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्राई वीरगंजको विभिन्न ट्रान्सपोर्टेहरुमा पुर्‍याउने गरेको छ।पर्सा  जिल्लाका नामुदत हाडयेवर तस्कर बिजय हाडयेवर लगाएतका  तस्करहरुले छपकैया र श्रिसिया  नाकावाट रात भरि  सशस्त्र प्रहरीको मिलोमतोमा  व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ । सशस्त्र प्रहरी वीरगन्ज भन्सारका डिएसपी सुरज रिजालले तस्करीमा कडाई गरि दिन्हु लाखौ रुपैया  बराबर तस्करीको सामानहरु समात्दै आएपनि उनको मातहत रहेको श्रिसिया बिओपीको संरक्षणमा ठुलो तस्करी हुदे आएको हो।

यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर