2024-04-25

Close

जनकपुरधाम,पुस १ ।एकिकृत शहरी विकास परियोजना अन्तरगत बनेको सडकको गुणस्तर सम्वन्धि जनकपुरधाम उपमाहानगरपालिकाले अनुगमन गरेको छ।

परियोजना अन्तरगत बनेको सडक मध्ये परिक्रमा सडकलाई जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीता कुमारी मिश्रले संयुक्तरुपमा अनुगमन गरेको हो ।अनुगमनमा परियोजनामा तोकिएको सडकको लेयर सम्वन्धि कोर काटेर सडकको लेयर मोटाई सम्वन्धि अनुगमन गरिएको छ ।पहिलो चरणमा परिक्रमा सडकको हरेक सय मिटरमा कोर कटिङ गरेर सडकको लेयर मापदण्ड अनुसार रहेको या नरहेको सम्वन्धि अनुगमन गरिएको छ ।अनुगमन गर्दै नगर प्रमुख लालकिशोर साहले पहिलो चरणमा सडकको लेयर पचास एमएमको हुनुपर्ने तोकीएको मापदण्ड अनुसार अनुगमनको क्रममा ठिकै नरहेको वताए ।

थिकनेस अन्तरगत परियोजनाको काम ठेकेदारले मापदण्डअनुसार नै अनुगमनको क्रममा भेटिएको उनले भने ।मेयर साहले जनकपुरधामलाई सफा र सुन्दर वनाउने अभियान अन्तरगत नगरभित्रका सडक संजाललाई टिकाउ र मजवुतीका साथै सुन्दर बनाउनका लागि सडकको कोर कटिंगको चेक गरेको वताउदै दोस्रो चरणमा कोर कटिंग गरिएको सेम्पललाई काठमाण्डौमा ल्याव टेस्ट गरि सडकको कंक्रिटमा परियोजनाले तोकेको मापदण्ड पुरा गरिएको अथवा नगरिएको त्यस सम्वन्धि प्रुफिङ पश्चातनै कार्य अगाडी बढाइने वताए ।

अनुगमनको क्रममा उपमेयर रीता कुमारी मिश्रले अनुगमनको क्रममा मापदण्ड अनुसार नै सडक निमार्ण गरिएको आफुहरुले पाएको तथा अर्को चरणको ल्याव टेस्टका लागि सेम्पललाई काठमाण्डौ पठाइएको जानकारि दिईन ।डीजाइन कन्सल्टन सुपरभिजनका इनजीनियर एसपी चौधरीका अनुसार स्पाल कंक्रिट गर्दा खेरी दुई तीन महिनामा गाडी चलेपछि सडकको लेयरलाई चाहिने जती कम्पेक्सन हुने र त्यसपछि कोर काटेर थिकनेस पता लगाइन्छ ,त्यसपछि कम्पेक्सन लेभल पुगेको या नपुगेको वुझनका लागि डेन्सीटि पता लगाइन्छ ।सडकको लेयर ५० एमएम रहेको छ जसको ९८ प्रतिसत डेन्सीटि रहेको छ ।जसलाई निमार्ण गरिएको मार्शल संग कम्पेयर गरिन्छ ।

त्यसपछि त्यसको प्रतिसत कम्पेक्सन निकाल्ने गरिन्छ त्यसपछि यसमा भएको विटविन कम्पेक्सन अर्थात अलकतराको एपरेट्सलाई २४ घण्टा ओभनमा राखेर ब्वाइल गरेर वास गरेपछि विटवीनको तौल निकाल्ने अर्थात मापदण्ड अनुसार मिसाइएको अथवा नमिसाइएको थाहा पाइने छ । अर्को चरणमा स्टेश्नएरिया देखि अन्य बाकि सडकको कोर कटिंग अनुगनम गरिने मेयर साहले जानकारि दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds