बीरगञ्ज, १० जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीहरुले चेकजाँचको बहानामा सर्वसाधारणहरुलाई अभद्र गर्ने गरेको एक घटना उजागर भएको छ।वीरगन्जको बाईपास रोड नागवा पोखरी स्थित ट्राफिक प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा एक महिला संञ्चारकर्मी माथि ट्राफिक प्रहरीका सहायक निरीक्षक (असई)ले अभद्र गरेका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका सहायक निरीक्षक बिरबहादुर यादवले हेल्मेटको फित्त नलाएको भन्दै एक सवारी चालकको ५०० को चिट काटिएपछि विवाद शुरु भएको थियो।यस काम कार्यबाहीको बिषयमा एक महिला पत्रकारले बुझन खोज्दा असई यादवले अभद्रा गरेका छन।नेपालको संविधान र कानुनी व्यवस्थाले हरेक नागरिकलाई नीति नियम र कानुनका बारेमा जानकारी लिन र सोधपुछ गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ। प्रहरीद्वारा गरिएको कुनै पनि कारवाहीमा नागरिकले सोधपुछ गर्न नपाउनु र यसरी अभद्र व्यवहारको सिकार हुनु न्यायको दृष्टिकोणले अस्वीकार्य छ।यस घटनाले ट्राफिक प्रहरीको व्यवहार र उनीहरूको चेकजाँच पद्धतिमा पुनर्विचार आवश्यक भएको देखाउँछ। पछिल्लो समयमा ट्राफिक प्रहरीले राजस्व संकलनमा बढी केन्द्रित चेकजाँच गरिरहेको गुनासो बढ्दै गइरहेको छ। यस्तो अवस्थामा, नागरिक र सञ्चारकर्मीहरूको आवाजलाई दबाउनुको सट्टा उनीहरूको प्रश्नहरूको जवाफ दिनु पर्नेमा प्रहरीको जिम्मेवारी हुन्छ।विगत ५ ,७ वर्षा देखि असई यादव पर्समा बस्दै आएका छन।उनी हाकिमहरुको आर्शिवादले आर्थिक लाभ हुने ठाऊ ड्राईपोर्ट , परवानिपुर र गन्डक चौकमा ७ बर्षा देखि यी ठाउऊहरुमा बस्दै आएका हुन्।केही दिन पहिला यादव गण्डक बिटको ईन्चार्ज रहँदा विभिन्न किसिमको चेकजाँच बहानामा सवारीसाधनहरुलाई रोकी रकम उठाए आरोप लागेपछि जिल्ला तानिएका थिए।