2024-04-19

Close

विराटनगर । प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने भएको छ । बिराटनगर स्थित रंगशालामा पुस १६ गते १ जनवरी का दिन १० लाख पर्यटक भित्र्याउने योजनासहित भ्रमण वर्षको भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिने प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले जानकारी दिएका छन् ।

समितिअन्तर्गत गठित मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले १० हजार जनाको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिने बताए ।

प्रवर्द्धन समितिका अध्यक्ष तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुशियतले नेपाल सरकारले प्रवर्द्धनकालागि पहिचान गरेको सय मुख्य पर्यटकीय गन्तव्यस्थलहरु मध्ये प्रदेश १ मा १६ वटा रहेको र ती गन्तव्यस्थलसम्म पर्यटकहरुलाई पुर्‍याउन र त्यसका विषयमा जानकारी दिन उद्घाटन स्थलमा स्टल स्थापना गरेरै जानकारी गराउने तयारी रहेको जानकारी दिए ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा विशेष सामग्री प्रकाशन गर्ने, सामाजिक संघ संस्थाहरुलाई व्यापकरुपमा परिचालन गर्ने र जनवरी १ का दिन पुस १६ गते दिउँसो १२ बजे १० हजारभन्दा बढीको सहभागितामा उद्घाटन समारोहको आयोजना गर्ने तयारी रहेको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संरक्षक र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहेको ५१ सदस्यीय समिति क्रियाशील रहेको सोही समिति अन्तर्गत मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार उद्घाटन समारोह २ घण्टाको हुनेछ। जसमा विभिन्न झाँकी, मार्चपास तथा सांगीतिक कार्यक्रम समेत राखीएको छ ।

यसैविच बिहीवार उद्योग पर्यटन वन तथा वातावरणमन्त्रालयमा एक कार्यक्रमका विच भ्रमण वर्षलाई सफल बनाउन मुल समारोह व्यवस्थापन उपसमितिमा भिजिट मधेश नेपाल का प्रदेश संयोजक तथा  समाजिक अभियनता राकेश रोशन यादव लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व सहित सदस्यहरु मनोनीत गरिएको छ। मनोनीत सदस्यहरुलाई मन्त्री जगदीशप्रसाद कुशियतले मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds