2024-04-16

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा अहिले एक फाईललाई लिएर त्रिपक्षिय टशन सुरु भएको छ । नगरपालिकाकी उपमेयर, वडाध्यक्ष र मेयरबीच टशन सुरु भएको छ ।

गत आर्थिक बर्षको एक फाईलमा उपमेयर सुनिता सिँहले हस्ताक्षर नगरेपछि त्रिपक्षिय टशन सुरु भएको छ । शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज कुमार दासले उपमेयरमाथि कमिशन अप्रत्यक्ष रुपमा कमिशन मागेको आरोप लगाएका छन् ।

गत आर्थिक बर्षमै काम सम्पन्न भई भुक्तानीको लागि प्रक्रियामा रहँदा समय अभावले भुक्तानी हुन नसकेको फाईलमा पुनः अनुगमनको लागि उपमेयर साईन गरिनदिएपछि वडाध्यक्षले उपमेयरलाई स्पष्टिकरण सोधिदिएपछि विवाद सुरु भएको छ ।

वडा नं. ३ का वडाध्यक्ष मनोज दासले उपमेयर सिँहलाई स्पष्टिकरण सोधेपछि उपमेयर सिँहले समेत लिखित स्पष्टिकरण बुझाएकी हुन् । उपमेयर सिँहले आफूले सो योजनाको अनुगमन नै नगरेको , योजनाको बारेमा जानकारी नै नरहेको अवस्थामा जबरदस्ती हस्ताक्षर गराउन खोजेको आरोप लगाएकी छिन् ।

कुराकानीमा उपमेयर सिँहले वडाध्यक्ष दासका भाई सरोज दासले सो काम गरेको बताउँदै आफू अनुगमन गरेर बैठक बसी मात्र हस्ताक्षर गर्ने बताएपछि वडाध्यक्ष र मेयरले विवाद गर्न खोजेको आरोप लगाएकी छन् ।
उपमेयर सिँहले वडाध्यक्ष दासमाथि लक्षित गर्दै स्पष्टिकरण नगरपालिका मार्फत सोधेपछि आफू पनि नगरपालिका मार्फत नै जवाफ पठाएको बताइन् ।

यदुकुहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र पछाडीमा सडकमा पिसिसि ढलान कार्य भएको छ । सो योजनामा अख्तियारले चासो लिएपछि भुक्तानी नै नभएको अवस्थामा फाईल डिले भएको हो ।

वडाध्यक्ष दासले सबै थोक मिलेर भुक्तानीको प्रक्रियामा रहेको बेला झन्झन खडा गरी बैठक बस्नुपर्ने धारणा कमिशनको लागि गरेको आरोप लगाएका छन् । उनले कमिशनकै लागि उपमेयरले बैठकको बहाना गरेको बताएका छन् ।
उनले भने,–“सबै थोक मिलेको छ, तर पनि बसेर कुरा गर्नुपर्छ भन्नुको अर्थ उनले अप्रत्यक्ष रुपमा पैसा मागेको छ साइन गर्नको लागि ।”
यस विषयमा नगर प्रमुख दिनेश प्रसाद यादवसँग सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क भने हुन सकेनन् ।
आँखा अस्पतालदेखि यदुकूहा बजारसम्म, गत आर्थिक बर्षको सडक ढलान फाईल लिएर आएको ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds