साहिब दरबारको न्यानो कपडा उपलब्ध गराउने अभियान निरन्तर, मंगलबार राति ५० जनालाई उपलब्ध गराइयो न्यानो कपडा

साहिब दरबार सेवा संस्थानले वीरगञ्जमा खुला आकासमा रात विताउन बाध्य भएकाहरुका लागि न्यानो कपडा वितरण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
कठ्याङ्ग्रिँदो चिसोमा पनि सडक पेटी र खुला आकाशमा रात विताउन बाध्य भएकाहरुलाई चिसोबाट बँच्न संस्थानले न्यानो कपडा वितरण अभियानलाई निरन्तरता दिएको हो ।
संस्थानले मंगलबार राति वीरगञ्जका विभिन्न स्थानमा पुगेर सडक पेटीमा रात विताइरहेकाहरुलाई न्यानो कपडा (कम्बल) उपलब्ध गराएको छ ।
वीरगञ्जको माइस्थान, घण्टाघर, आदर्शनगर, बसपार्क, छपकैया, विर्ता, गण्डक, भन्सार लगायतका स्थानमा खुला आकासमुनी र सडक पेटीमा सुतिरहेका करिब ५० जनालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।
चिसोकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले न्यानो कपडा उपलब्ध गराइएको संस्थानका अध्यक्ष उमेशलाल सहनीले बताए ।
विशेषगरेर रिक्सा, ठेला चालक तथा विपन्न व्यक्तिहरु सडक पेटीमै रात गुजार्न बाध्य छन् ।
रातको समयमा चिसो झनै बढ्ने भएकाले सडक पेटी र खुला स्थानमा रात बिताउन बाध्य ब्यक्तिहरुको जीवन रक्षाका लागि आफुहरुले न्यानो कपडा उपलब्ध गराउन थालेको संस्थानका रुपेशमान सिंहले बताए ।
शुक्रबारदेखि संस्थानले न्यानो कपडा उपलब्ध गराउने अभियान चलाएको र मंगलबार तेस्रो दिन ५० जनालाई उपलब्ध गराइएको संस्थानका महासचिव जयप्रकाश महतोले जानकारी दिए ।
मंगलबार राति न्यानो कपडा वितरण गर्न संस्थानका अध्यक्ष सहनी, समाजसेवी रुपेशमान सिंह, अफरोज आलम, हफिज मियाँ लगायतको सहभागिता रहेको थियो ।

बिज्ञापन