2024-04-25

Close

काठमाडाैं।  जस्तो नाम, उस्तै सफलता। विजयकुमार गच्छदार थारु समुदायका एकमात्र त्यस्ता नेता हुन्, जसले छैठौं पटक सांसद भएर विजयीको माला पहिरे। उनले दाबी पनि गरेका छन् कि अबको ५० वर्षसम्मयो इतिहास कुनै थारुले दोहोर्याउन सक्ने छैनन्।

तर, अब इतिहास बदलिएको छ। सदाबहार विजेताको उनको छविमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दाले कालो धब्बा लगाइ दिएको छ। यद्यपी अहिलेलाई यो आरोपमात्र लागेको हो। विशेषबाट उनले सफाइ पनि पाउन सक्छन्, जेल पनि जान सक्छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरको सडक चौडा बनाउने निर्णय गर्दा मन्त्रिपरिषदले सडक बनाउँदा मासिएको जग्गा सट्टापट्टा गर्ने निर्णयसमेत गरेको थियो। यो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारमाथि अख्तियारले मुद्दा चलाएको छ।

अख्तियारले मन्त्रिपरिषदको नीतिगत निर्णय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा मुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय लियो।

नेपाली राजनीतिमा चतुर नेताको रुपमा चिनिने गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी, ८ पचरामा भएको हो। बुबा शिरु गच्छदार र आमा खुतलीदेवीथारुको कोखबाट जन्मेका गच्छदारका १ छोरी र २ छोरा छन्। गच्छदारकी आमाको केही समय अगाडि मात्रै निधन भएको थियो।

इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए। कांग्रेसका नेताका रुपमा गच्छदारले संसदमा २०४८ सालमा विजयीको पहिलो खाता खोले।

दलबदल गर्दै आएपनि उनले लगातार चुनाव जित्दै आएका छन्। २०७४ सालमा भएको संसदीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा तत्कालीन एमालेकी भगवती चौधरीलाई पराजित गर्दै उनले आफ्नो अपराजित यात्रा अघि बढाएका थिए।

गच्छदारले केवल ३२१ मतले भगवतीलाई पराजित गरेका थिए। गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा भगवतीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन्। यसअघि उनले दोस्रो संविधान सभा निर्वाचनमा पनि यिनै चौधरीलाई पराजित गरेका थिए। त्यो बेला उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष थिए।

मंसिर १० र २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तत्कालीन एमाले र माओवादी केन्द्रले कम्युनिष्ट गठबन्धन बनाएपछि उनले फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा विलय गराएका थिए। २०७४ असोज ३० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण समारोहमा गच्छदारले कम्युनिष्टहरुबाट मुलुकमा जनवादी संविधान ल्याउने प्रयास भएकाले लोकतन्त्रको रक्षा गर्न कांग्रेससँग पार्टी एकीकरण गर्नुपरेको प्रतिक्रिया दिएका थिए। डिसी नेपाल

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds