2024-04-25

Close

संघीय प्रेस फोरम र प्रेस सोसाइटीबीच एकता, संगठनको नाम ‘प्रेस नेपाल’

काठमाडौं भदौ ७ गतेे  – तत्कालिन संघीय समाजवादी फोरम नेपालनिकट पत्रकारहरुको संगठन संघीय प्रेस फोरम र नयाँ शक्ति पार्टीनिकट प्रेस सोसाइटी नेपालबीच शनिबार समायोजन गरिएको छ ।
समाजवादी पार्टीको वौद्धिक पेसाकर्मी महासंघका अध्यक्ष कृष्ण शर्मा तथा इन्चार्ज नहेन्द्र प्रधानको उपस्थितिमा पार्टी कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुई संगठनबीचको एकता वा समायोजन सम्पन्न गरिएको हो ।
समायोजनसँगै केशव अर्यालको अध्यक्षतामा ८० सदस्यीय प्रेस नेपाल गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा आतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी चयन भएका छन् ।
महासचिवमा विजय चाम्लिङ, उपमहासचिवमा देवेन्द्र खापुङ र सचिवहरुमा दिपेन्द्र रुम्दाली, मुकेश मिश्र, शाहीमान राई योगेन्द्र साही, विदुर ढुंगेल र उज्वल पौडेल छन् भने कोषाध्यक्षमा पासाङ शेर्पा छिन् ।
अर्याल प्रेस सोसाइटीको तर्फबाट अध्यक्ष भएका हुन् ।
उपाध्यक्ष मिश्र, महर्जन र देवान संघीय प्रेस फोरमबाट हुन् भने पोखरेल र ढोडारी प्रेस सोसाइटीबाट उपाध्यक्ष भएका हुन् ।

महासचिव चाम्लिङ, उपमहासचिव खापुङ, सचिवहरु रुम्दाली, मिश्र, राई संघीय प्रेस फोरमबाट हुन् भने साही, ढुंगेल र पौडेल प्रेस सोसाइटीबाट सचिव बनेका हुन् । प्रेस नेपालका कोषाध्यक्ष शेर्पा पनि संघीय प्रेस फोरमबाटै हुन् ।
प्रेस नेपालको औपचारिक घोषणा भने केही दिनपछि विशेष कार्यक्रमका साथ गरिने वौद्धिक पेसाकर्मी महासंघका इन्चार्ज नहेन्द्र प्रधानले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds