बारा : चर्को आवाजमा डिजे बजाएको आरोपमा एक जना पक्राउ

बारा । बारामा चर्को आवाजमा डीजे बाजा बजाउँदै ध्वनि प्रदूषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ९ रामपुर बस्ने ३० वर्षीय मनौवर मियाँ रहेका छन् ।

सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी न्यौपानेको भनाई छ ।