2024-03-28

Close

जनकपुरधाम,राजिनामा दिएकी प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले आफ्नो राजिनामा फिर्ता लिने भएकी छन् ।

गत माघ १४ गते राज्य मन्त्री पदबाट राजिनामा दिएकी उनी राजिनामा फिर्ता लिन तयार भएकी हुन् । राष्ट्रिय जनता पार्टी (राजपा) बाट राज्यमन्त्री बनेकी डा. झा राजिनामा फिर्ता गर्न तयार भएको राजपा श्रोतले जनाएको छ ।

सरकारमा रहँदा पनि मन्त्रीले कुनै किसिमको जानकारी दिने नगरेको, राज्यमन्त्रीको अधिकार नदिएको, सम्पूर्ण काम मन्त्री आफैंले गर्ने गरेको भन्दै उनले राजिनामा दिएकी थिइन् ।

उनले राजिनामा दिएपछि राजपा अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर आएर राजिनामा फिर्ता गराउने वातावरण बनाएका छन् । राज्यमन्त्रीको अधिकार दिने बिषयमा ठाकु्रले मन्त्री जितेन्द्र सोनल र राज्यमन्त्री झाबीच सहमति गराएपछि उनी राजिनामा फिर्ता लिन तयार भएको राजपा श्रोतको भनाई छ ।

अध्यक्ष मण्डल सदस्य ठाकुर जनकपुरधाम नै आएर मन्त्री र राज्यमन्त्रीलाई बसाई मिलेर जान सुझाव दिएका छन् । आफैंभित्र लड्दा प्रदेशको सरकारमा असर पर्ने भन्दै ठाकुरले मिलेर सरकार चलाउनुपर्नेमा जोड् दिएका छन् ।

राज्यमन्त्री पदबाट राजिनामा दिएकी झाले बुझाएको राजिनामा पत्रमा ‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको आफ्नो प्रयासका वावजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले उक्त पदबाट राजिनामा दिएको’ उल्लेख गरेकी थिइन् ।

उनले आफ्ना संसदीय दलका नेता समेत रहेका मन्त्री जितेन्द्र सोनललाई राजिनामा बुझाएकी थिइन् । राजिनामा मुख्यमन्त्रीलाई बुझाउनुपर्नेमा डा. झाले आफ्नै नेतालाई बुझाएकै समयमा राज्यमन्त्रीको व्यक्तिगत स्वार्थ झल्किएको थियो ।
श्रोतका अनुसार राज्यमन्त्री झाले आफूलाई पनि क्वार्टरको व्यवस्था गरिदिनुपर्ने, योजनाहरु दिनुपर्ने माग पनि आन्तरिक रुपमा राखेकी थिइन् ।

राजिनामा फिर्ता गर्न लागेकी राज्यमन्त्री झाले यसबारे बोल्न चाहिनन् । उनले भनिन्, “फिर्ता गरेपछि थप कुरा भन्छु ।”

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds