2024-04-20

Close

जनकपुरधाम, ४ फाल्गुन । धनुषाको नगराईन नगरपालिकामा समाजवादी पार्टीले विसु आभियान अन्तर्गत क्षेत्र नम्बर ३ को विस्तारित बैठक सम्पन्न गरेको छ ।

संघीय सांसद तथा पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य एवं विसु अभियान क्षेत्र नं.३ का अभियन्ता उमेश साहको सभापतित्वमा बैठक सम्पन्न भएको हो।बैठकमा पार्टीलाई सुदृढ तथा विस्तार कसरी प्रभावकारी बनाउने विषयमा गम्भिर छलफल भएको छ । मधेसको मुद्दा सम्बोधन गराउन मजबुत संगठन निर्माण गर्न सबैले आ-आफ्नो ठाउंबाट कडा मेहनत गर्नुपर्नेमा सांसद अरगरियाले जोड दिए ।

सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिएर पनि संविधान संशोधन गर्न नसकेपछि संविधान संशोधनका लागि दवाब दिने उदेश्यका साथ पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउन समाजवादी पार्टीले देश भरि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको छ ।

समाजवादी पार्टी धनुषाले नगराईनमा आज आयोजना गरिएको क्षेत्र स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले देशमा अब नयाँ ढंगबाट अगाडि बढन र पार्टीलाई बैकल्पिक शक्तिको रूपमा निर्माण गर्नको लागि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको बताएका छन ।

बैठकमा केन्द्रीय सदस्य बेचन मुखिया , प्रदेश २ का आन्तरिक तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव , प्रदेश सांसद चमेली देवी दास,प्रदेश सांसद रामअशिष यादव , शेषनारायण यादव लगायत क्षेत्र न.३ अन्तर्गत नपा, गापाका अध्यक्षलगायत पदाधिकारी एवं विभिन्न भातृ संगठनका नेताहरूको सहभागिता थियो ।

विसु आभियान क्षेत्र नम्बर ३ को क्षेत्रिय सचिवालय समिती पनि बैठकबाट बनाइएको छ । फागुन १५ गतेसम्म धनुषाका सबै स्थानीय तहमा पार्टीको व्यबस्थि कार्यालय खोल्न सम्बन्धित ठाउंका नेताहरु लाई निर्देशन दिइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds