2024-04-27

Close

विपिन कुमार यादव, बैशाख २९ । जनकपुरधाम जानकी नवमीका अवसरमा केक बाँडे पछि चर्चामा आएका जानकी मंदिरका उत्तराधिकारी महत्थ रामरोशन दासको विरुद्धमा मन्दिरका महन्थ रामतपेश्वर दासले सामाजिक संजालमा दिएको अभिव्यक्ति प्रति अहिले मंदिरको आर्थिक हिनामिनाका कुरा चर्चाको विषय बनेको बेलामा जानकी मन्दिरलाई ट्रष्टमा लगि हिन्दु सभ्यता, संस्कृति र सम्पतिको संरक्षण गर्नुपर्ने जनकपुर उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठले बताए ।

महासचिव महासेठले बताए अनुसार विदेहराज राजा जनकको प्राचिन कालको धरोहर माता जानकी को नामले चिनिएको जनकपुर धाममा रहेको जानकी मंदिरको सम्पति बेचबिखन तथा सम्पदा संस्कृति बचाउनु भन्दा मासिने काममा सक्रिय रहेको यहाँहरुलाई थाहा नभएको पक्कै होइन होला । मन्दिरलाई ट्रष्टमा लगि हिन्दु सभ्यता, संस्कृति र सम्पतिको संरक्षण गर्नुपर्ने देखिन्छ ।

दुई महन्थ प्रकरणमा सञ्चारकर्मी समेत दुई कित्तामा देखियो । दुवै कित्ताको समाचारहरु हेर्दा मन्दिरको पुरातात्विक र पुराना अचल सम्पतीहरु जस्तै,मुर्ती,सुन,चाँदी हिरामोती खरखजानाहरु बाबा तपेश्वरको कन्ट्रोलमा छ जस्तो देखियो भने बाहिरी चल सम्पतीहरु जस्तै श्री जानकी नवमी, विवाहपञ्चमी लगायतका महोउत्सवहरुमा हुने आम्दानी र खर्चहरु बाबा रोशनको कन्ट्रोलमा देखियो । तर यि सवैै सम्पती यर्थातमा त राष्ट्रिय सार्वजानिक सम्पती हुन ? साधुबाबाको काम पुजापाठ आरती र भजन गर्ने हो न कि आर्थिक गतिविधी । सम्पतीका दुवै रक्षकबिच कडा बिबाद पनि स्पष्ट छ र प्रशासन तथा सम्बन्धित तिनवटा सरकारहरु मौन, अव यसको सुरक्षा कसरी होला ?

मन्दिरका महन्थ र उत्तराधिकारी महन्थ बिचको द्वन्दका कारण संघ सरकार , प्रदेश सरकारको पनि नाम आएको छ । तर अहिले सम्म संघीय सरकार ,प्रदेश सरकारले यस सम्बन्धमा कुनै प्रतिक्रिया नदेखाउनु शसंकित बनाइएको छ । यस विषयमा संघीय सरकार , प्रदेश सरकारले कुनै प्रतिक्रिया नदिए जनकपुरबासी संघीय सरकार ,प्रदेश सरकार र महन्थ विरुद्ध आन्दोलन गर्ने समेत महासचिव महासेठले अप्पन जनकपुरलाई बताएका छन ।

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आफ्नै शिष्यबारे विभिन्न आरोप लगाउँदै दिएको अभिव्यक्ति फिर्ता लिएका छन् ।

महन्त दासले आफैले जानकी मन्दिर सम्हाल्नका लागि शिष्य रामरोशन दासलाई जिम्मेवार दिएको लामो समयपछि अपारदर्शीतासहित विभिन्न आरोप लगाएका थिए । त्यसपछि मन्दिरभित्रको विवाद छताछुल्ल भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds