सिरहा । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल भासिएर जीर्ण बनेको अवस्थामा रहेको छ ।
आइतबार साझ पुलमा जनकपुरबाट आउँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा एक डेढ वर्षीय बालक र मोटरसाइकल चालक घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका दुवै जनाको नाम र ठेगाना खुल्न सकेको छैन । उनीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । पुलको अत्यधिक जीर्ण अवस्था कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीय बासिन्दाहरूले लामो समयदेखि नयाँ पुल निर्माणको माग गर्दै आएका छन् । यस दुर्घटनापछि पुलको अवस्था र सम्बन्धित निकायको बेवास्ताप्रति पुनः प्रश्न उठ्न थालेको छ ।