2024-04-25

Close

विपिन कुमार यादव,जनकपुरधाम : जनकपुरधामको श्री गणेश युवा कमिटिको उपाध्यक्षमा संजय कुमार साह र महासचिवमा बलराम साह निर्वाचित भएका छन् ।

उपाध्यक्ष र महासचिव पदमा सहमती जुट्न नसक्दा चुनाव गर्नुपरेको बताइएको छ । चुनावको परिणाम अनुसार उपाध्यक्षमा संजय र महासचिवमा बलराम निर्वाचित भएका हुन् । वाँकी अध्यक्षसहित ९ पदमा यसअघि नै निर्विरोध चयन भइसकेको निर्वाचन अधिकृत दिपेन्द्र कुमार साहले जानकारी दिए ।

निषेधाज्ञाका कारण सहमतीको प्रयास गरिएपनि सम्भव नभएपछि सुरक्षा सर्तकताका साथ मनतान सम्पन्न गरिएको छ । मतदानमा कुल ३ सय ६६ मतदाता मध्ये २ सय २३ जनाले मतदान गरे । उपाध्यक्ष तर्फ विजयी भएका संजयले १ सय ७७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी संजय साह (पुरी)ले १ सय ४४ मत प्राप्त गरे ।

यस्तै महासचिवमा विजयी भएका बलरामले २ सय २ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भरत साहले १ सय १४ मत प्राप्त गरेका छन् ।

कमिटीको अध्यक्षमा सन्तोष कुमार महतो, सचिवमा संजिव साह र कोषाध्यक्षमा शुशान्त गुप्ता र छ सदस्य सहित नयाँ ११ सदस्सीय कार्यसमितिको टुङ्गो लागेको छ । सदस्यहरुमा रञ्जित कुमार यादव, सरोज कुमार भण्डारी, मनोज कुमार पुर्वे, श्रीराम साह, विश्वेश्वर महासेठ९रोशन० र हेमन्त कुमार महासेठ निर्विरोध चयन भएका छन् ।

उपाध्यक्षमा निर्वाचित संजय एसपी खवरका व्यवस्थापक र संवाददाता पनि हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds